काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि ग्रान्डी अस्पतालमा स्वाब दिएर पिसिआर परीक्षण गर्दा शाक्यलाई कोरोना संक्रमण देखिएको हो । स्वास्थ्यमा समस्या आएपछि शाक्य दम्पत्तिले पिसिआर परीक्षण गराएका थिए । जसमा आज शाक्यको पोजेटिभ र उनको श्रीमतीको भने नेगेटिभ रिपोर्ट आएको स्रोतले बताएको छ । अहिले उनी होम आइसोलेसनमा बसिरहेका छन् । शाक्यलाई कोरोना संक्रमणको लक्षण भने देखिएको छैन ।








