• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

तरकारी किसान पुन: आन्दोलित : नारायणगढको पुल्चोकमा कालो बेलुन उडाएर बिरोध प्रदर्शन (फोटो/भिडियो)

  •   शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  केही दिन अघि सडकमै तरकारी फालेर आन्दोलनमा उत्रिएका चितवनका किसानहरु माग पूरा नभएको भन्दै पुनः सडकक प्रदर्शनमा उत्रिएका छन् । दोश्रो चरणको आन्दोलन स्वरुप आज किसानहरुले कृषि औजार ट्रयाक्टरमा चढेर कालो बेलुन उडाउँदै सडक प्रदर्शन गरेका हुन् । भरतपुरको केन्द्रिय बसपार्कबाट सुरु भएको किसानहरुको ¥याली बाइपास रोड, अस्पताल रोड र पूर्वपश्चिम राजमार्ग हुँदै नारायणगढको पुलचोकमा आएर कोण सभामा परिणत भएको थियो ।

    सरकारले कृषि उपजको उचित मूल्य पाउने व्यवस्था मिलाउनु पर्ने, भारतीय तरकारीको आयातलाई सकभर रोक्ने नसके कडाई गर्नुपर्ने, किसानको पहिचान, बर्गीकरण र परिचयपत्रको व्यवस्था गरी सोही आधारमा सेवा सुविधा र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेर किसानहरु कालो बेलुनसहित सडक प्रदर्शनमा उत्रिएका थिए । भारतीय तरकारीका कारण आफूहरुको तरकारी बिक्नै छाडेको र बिक्रि भइ हाले पनि उचित मूल्य नपाएको किसानहरुको गुनासो छ ।

    संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका किसानले आफूहरुको माग पूरा नभए अब सिंह दरबार घेर्न जाने चेतावनी दिएका छन् । संघर्ष समितिका संयोजक लेखनाथ भुषालले यसअघि सडकमा तरकारी फालेर आन्दोलन गरेपछि मन्त्रि र किसान आयोग आफूहरुलाई भेट्न आउनु बाहेक अरु केही काम गर्न नसकेको बताए । उनले अझै पनि आफूहरुको मागलाई बेवास्ता गरिए सिंहदरबार घेर्न पुग्ने चेतावनी दिए । अहिले चितवनलाई पुग्ने तरकारी आफूहरुले नै उत्पादन गरिहेको भन्दै उनले बाहिरबाट ल्याउन आवश्यक नरहेको बताए ।

    उनले भारतबाट ल्याउनै परे कर लगाउनुका साथै विषादी परीक्षणको व्यवस्था गर्नुपर्ने माग राखे । पहिलो चरणको आन्दोलनमा तरकारी सडकमै फाल्दा पनि सरकारको ध्यान किसानतर्फ नगएकाले दोश्रो चरणको आन्दोलन गरी कालो बेलुन देखाएर सरकारको विरोध गर्न बाध्य भएको किसान धनु अधिकारी बताउँछिन् ।

    आफूहरुको माग पूरा नगरेसम्म आन्दोलनबाट कति पनि विचलित नहुने र आन्दोलनलाई झन् सशक्त बनाउँदै लैजाने उनको भनाइ छ । प्रदशर्नका क्रममा किसानहरुले नेता सँधै हरिप जनता सँधै गरिब, अबको निकास आधुनिक कृषिको विकास, असक्षम कृषि नीति खारेज गरी वैज्ञानिक कृषि ऐन जारी गर, नो फार्मर नो फुड, किसानको उत्पादन सम्मान गर, विदेशी उत्पादन बहिष्कार गरौं, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं, बारीमा जाउँ भविष्य छैन खाडीमा जाउँ उमेर छैन लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

     

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.