चितवन । युनिक क्लब भरतपुर- ११ कैलाश टोल, चितवनले बी लेभल जिल्ला स्तरीय नक आउट ब्याडमिन्टन प्रतियोगिता आयाेजना गर्ने भएकाे छ । आउदै गरेको नेपालीहरुको पर्व फागुपुर्णिमाको अवसरमा प्रथम बी लेभल जिल्लास्तारिय नकआउट ब्याडमिन्टन प्रतियोगिता हुन लागेकाे हाे ।
प्रतियोगितामा टिम सहभागी हुन आह्वान समेत गरेकाे छ । फागुन २० गते देखि २२ सम्म संचालन हुने प्रतियोगितामा दर्ता शुल्क : रु.१ हजार पाँच सय रहेकाे छ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु.१५ हजार कप, मेडल, द्वितिय पुरस्कार नगद रु.८ हजार नगद, कप, मेडल रहेकाे अध्यक्ष दिपक कुमार गुरुङले बताए । कार्यक्रम संयोजक निर्मल अमगाईका अनुसार प्रतियोगिताकाे तयारी तीब्र पारिएको बताए ।








