• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महोत्तरीको बर्दिबासमा जग्गा वर्गिकरणपछी कित्ताकाट गर्ने निर्णय

  •   शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । महोत्तरीको बर्दिबासमा जग्गा कित्ताकाट  प्रक्रियालाई अगाडी वढाइने निर्णय गरिएको छ । लामो समयदेखी जग्गा वर्गीकरण कै अभावमा कित्ताकाट रोकिएको वेला बर्दिबास नगरपालिकाले विभिन्न १० सिर्षकमा रहेर जग्गा वर्गिकरणको मापदण्ड समेत सार्वजनिक गरेको हो ।

    व्यवसायिक क्षेत्र, आवासिय क्षेत्र, कृषि क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, कला संस्कृति तथा पुरात्त्विक क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र,वन क्षेत्र, नदि, खोला, ताल तथा सिमसार क्षेत्र र नेपाल सरकारवाट तोकिएको अन्य क्षेत्र गरि नगरभरीको जग्गालाइ १० भागमा बिभाजन गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए ।

    जग्गा वर्गीकरण बैज्ञानिक ढंगवाट गरिएको हुनाले कित्ताकाटमा कुनै समस्या नआउने सेवा प्रदायक कम्पनी स्मार्ट सिटी विल्डर्सको दावी छ ।
    नगर क्षेत्रको जम्मा ३१५.४ स्क्वायर फिट बर्गकिलोमिटर जगामध्य कृषि क्षेत्रको लागी मापदण्डअनुसार ५ हजार ४ सय ८३ हेक्टर जग्गा रहेको सिटी विल्डर्सले जनाएको छ ।

    त्यसैगरी आवासिय क्षेत्रको २७०७ हेक्टर, व्यवसायिक क्षेत्रको ८८४.०७ हेक्टर, औधोगिक क्षेत्रको ०.१७ हेक्टर, कला, संस्कृति तथा पुरात्त्विक महत्वको क्षेत्रको जग्गा ५.४९ हेक्टर, वन क्षेत्रको १८८७३.०६ हेक्टर, नदि, खोला, सिमसार क्षेत्रमा २९२६.२३ हेक्टर, खानी तथा खनिज क्षेत्रमा १०.८६ हेक्टर, सार्वजनिक उपयोगको क्षेत्रमा १०.८६ हेक्टर क्षेत्रफल रहेको नगरपालिकाले जनाएको छ ।

    यो जग्गा अहिलेको मापदण्डअनुसार वर्गीकरण गरिएको हो । अहिलेको तथ्यांकलाई आधार मान्ने हो भने यसअघि भएको बर्गिकरणमा निर्धारण गरिएको क्षेत्रफल घटेको देखिएको छ ।

    सहरिकरणको विकाससगैँ कृषियोग्य जगा खुम्चिएको देखिएको छ भने आवासिय क्षेत्रमा वृद्धि भएको छ । २०७४ को तथ्यांकअनुसार कृषि क्षेत्रमा ८२३२ हेक्टर खेतियोग्य जमिन थियो तर अहिलेको वर्गीकरणमा यो क्षेत्रफल खुम्चिएर ५४८३ हेक्टर क्षेत्रफल वनेको छ ।

    यो ५ वर्षको अवधीमा व्यवसायिक क्षेत्रमा निक्कै बिस्तार भएको देखिएको छ । २०७४ मा १३.१ व्यवसायिक क्षेत्र रहेकोमा यो अहिले बढेर ८८४.०७ हेक्टर पुगेको नगरपालिकाले जनाएको छ ।

    पहिले र अहिलेको तथ्यांकलाई हेर्ने हो भने नदि, खोला, ताल तथा सिमसार  क्षेत्रमा अतिक्रमण भएको देखिएको छ । ५ बर्ष अघि ३६६०.८४ हेक्टर क्षेत्रफल रहेकोमा अहिलेको   वर्गीकरणमा  घटेर २९२६.२३ हेक्टरमा खुम्चिएको छ ।

    सेवा प्रदायक कमपनिले हस्तान्तरण गरेको उक्त जग्गा वर्गीकरणलाई नगरपालिकाको कार्यापालिकाले आजै सदर गरेको हो । कार्यापालिकाको निर्णयसहित आइतवार राजपत्रांकितमा प्रकाशित गरि केन्द्रिय नापी कार्यालयमा पठाउने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए ।

    प्रकृया पूरा हुनासाथ तुरुन्त कित्ताकाट गरेर बैंक कर्जा तथा किनवेच गर्न सक्ने नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए ।

    जग्गा वर्गीकरण गरि कित्ताकाट प्रक्रियामा यो नगर मधेश प्रदेश कै पहिलो पालिका वनेको छ ।

    ओइलानी जग्गाको प्रक्रिया तत्काल अगाडि बढाइने

    ओइलानी तथा अव्यवस्थित जग्गाको विवाद पनि तत्काल टुंग्याउने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको भनाइ  छ ।

    अघिल्लो सरकारवाट भएका त्रुटिका कारण कतिपय जग्गामा विवाद भएकै कारण तत्काल लालपुर्जा वितरण प्रक्रियामा समस्या वनेको प्रमुख क्षेत्रीले वताए ।

    ` विवादित जग्गामा पुन: नापी गर्ने नापी कार्यालयसँग सहमती भएको छ ।´ उन्ले भने । ` सोमवार वा मंगलवार य्प बिषय पनि टुंगोमा पुग्नेछ ।´

    विवादित जग्गाको समस्या सावधान भएपछी लालपुर्जा वितरण प्रक्रिया अगाडि वढने पनि नगरप्रमुख क्षेत्रीको जिकिर छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.