काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३९४ जना महिला र जना ८३४ पुरुष गरी १ हजार २२८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ।संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २४ हजार २०७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५६ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १८ हजार ४१३ संक्रिय संक्रमित छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ४४९ रहेका छन् । होम आइशोलेशनमा ७ हजार ७४२ रहेका छन् । आज १३ हजार ४१३ जनाको पिसिआर परिक्षण गरिएको छ ।








