खाँदबारी। संखुवासभामा भूकम्प गएको छ । शुक्रबार बिहान ७ः२० बजेको समयमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय अभूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभराको बीचमा केन्द्रबिन्दू भएर उक्त भूकम्प गएको हो । भुकम्पको धक्का आसपासका जिल्लामा समेत महशुस गरिएको जनाइएको छ। भुकम्पको क्षति विवरण आइनसकेको जनाइएको छ।








