• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पोखराको पर्यटकीय पुम्दीकोटमा ५१ फिट अग्लो शिवको मूर्ति

  •   शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । पोखरामा पछिल्लो समय थपिएको आकर्षक एवं मनमोहक पर्यटकीय गन्तव्य पुम्दीकोटमा महादेव (शिव) भगवानको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइमा रहेको यस ठाउँलाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न भगवान् शिवको विशाल मूर्तिसहित आकर्षक भौतिक संरचना निर्माण भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटको टाकुरामा ५२ फिट अग्लो शिव मूर्ति छ।

    उत्तरतर्फ चाँदीका घेराजस्तै टल्किएका हिमशृङ्खलासँगै सराङकोट, काखमा रहेको फेवाताल र पोखरा क्षेत्रको मनोरम दृष्यावलोकन गर्न पुम्दीकोटमा दिनहुँ सयौँ पर्यटक पुग्न थालेका छन् । पर्यटकीय सम्भावना बोके पनि आवश्यक भौतिक संरचना निर्माण र पर्यटन प्रवर्द्धनका योजना नबन्दा ओझेलमा परेको पुम्दीकोट पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । शिवको विशाल मूर्ति, भुमेश्वर महादेवको मूर्ति, सहिद स्मारक, ध्यान केन्द्र, स्मृति पार्क, पुम्दीकोटको ऐतिहासिक मन्दिर लगायतका भौतिक संरचना निर्माण गरिएको छ ।

    २१ रोपनी क्षेत्रफलमा फैलिएको पुम्दीकोटमा १०८ शिव लिङ्ग बनाएर मूर्तिलाई डाईमार्फत गणेशले परिक्रमा गर्ने गरी निर्माण गरिएको छ । स्थानीय उत्पादन विक्री गर्न सबैभन्दा तल्लो भागमा सटरसहितका संरचना निर्माण गरिएको छ । पसल नजिकै कलात्मक ढुङ्गे धारासहित बालबालिकाका लागि खेल्ने संरचना बनाइने छ । पोखराबाट नजिकै भए पनि आवश्यक भौतिक संरचना र प्रचारप्रसारको अभावमा ओझेलमा परेको पुम्दीकोट क्रमशः पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको स्थानीयवासीहरु बताउछन ।

    उक्त मूर्तिलाई भारतका मथुरा निवासी विपुल अग्रवालले बनाएका हुन् । अष्टधातु जडित फाइवर ग्लासको मूर्तिलाई हिलट्यांक प्रालिका प्रबन्ध सञ्चालक, उद्योगपति एवं समाजसेवी कमल जयनले प्रायोजन गरेका हुन् । मूर्तिलाई नेपाल भित्र्याउँदा मात्रै समितिले भन्सारमा १५ लाख शुल्क तिरेको छ । पुम्दिभूम्दिकोटबाट फेवाताल र समग्र पोखरा वरिपरिका भूभाग स्पष्ट देख्न सकिन्छ । एकै स्थान बसेर माछापुच्छ्रे, अन्नपूर्ण हिमालसँगै तालको मनोरम दृश्य अवलोकनका लागि उक्त क्षेत्र उत्कृष्ट गन्तव्य बन्नेमा बराल विश्वस्त देखिन्छन् ।

    विश्वको १३ औं रमणीय स्थलमा पर्ने हाल मूर्ति स्थापना भइरहेको पुम्दिभुम्दिकोट पहिले पौराणिक भुमेदेवताको स्थान थियो । त्यहाँका बासिन्दाहरू भूमेदेवतालाई पुज्दै आइरहेका थिए । चाडबाड दशैं, तीजमा उक्त ठाउँमा मेला लाग्थ्यो । त्यसपछि सो ठाउँको विकासका लागि भुमेश्वर महादेवको मूर्ति स्थापना गर्ने योजना लाई स्थानीयले अगाडि बढाए । समिति गठन गरी उक्त मूर्ति स्थापनाका लागि महायज्ञको आयोजना समेत गरियो । अहिले सो क्षेत्रमा बस्ती बाक्लै बस्न थालेको छ । मूर्तिको स्थापनासँगै उक्त क्षेत्रको विकासले समेत गति पाएको देख्न सकिन्छ ।

    सडक नपुगेको ठाउँमा सडक पुगेको छ । भइरहेको सडकलाई स्तरोन्नति गरिएको बरालले बताए । मूर्ति निर्माण पश्चात स्थानीयको जीवनस्तरमा समेत परिवर्तन आउने बरालको बुझाई छ । इन्फो नेपालबाट

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.