चितवन । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारी कोरोना मुक्त हुनु भएको छ । उहाँ सङ्क्रमण भएको २० दिन पछि कोरोना मुक्त हुनु भएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा डा।तिवारीको कोरोना रिपोर्ट नेगेटिभ आए पछि उहाँ कोरोना मुक्त हुनुभएको हो । कोरोनामुक्त भएपछि डा।तिवारीलाई अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा।जगन्नाथ तिवारी, कोभिड–१९ क्लिनिकल संयोजक डा।प्रमोद पौडेल, अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल लगायत विभागिय प्रमुखहरुले फूलको गुच्छा दिएर बधाई ज्ञापन गर्नु भएको थियो । कोरोनामुक्त भए पछि डा।तिवारीले खुशी साट्दै भन्नुभयो “सबैको सहयोगका कारण नै कोरोनालाई परास्त गर्न सफल भए ।” बिरामीको सेवामा खटिएका डा।तिवारीलाई संक्रमण भएको थियो । उहाँ अस्पतालकै आइसोलेसनमा बस्नुभएको थियो । उहाँले सुरुमा आफूलाई केही लक्षण देखिए पनि पछि विस्तारै सबै ठिक भएको बताउनुभयो । सामान्य खोकीको औषधि सेवन गर्नु बाहेक अन्य कुनै औषधि प्रयोग नगरेको उहाँले जानकारी दिनुभयो । उहाँ संगै सङ्क्रमणमा पर्नु भएका सोही अस्पतालका स्त्री तथा प्रसुती रोग बिभाग प्रमुख डा। शुनिलमणी पोख्रेल पनि आज कोरोना मुक्त हुनु भएको छ । उहाँ चितवन मेडिकल कलेजको आईसोलेसनमा रहनु भएको थियो । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगि गरी ३३ जना सङ्क्रमित भएका छन् ।








