• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

च्याङग्रा पश्मिना गुणस्तर पहिचानका लागि इयुको सहयोगमा मुस्ताङमा तालिम

  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुस्ताङ । गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङग्रा भूवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानहरूलाई भूवाको नमूना संकलन तालिम शुरू भएको छ । एक साता लामो उक्त तालिम लगत्तै स्थानीय किसानका १६० च्याङग्रा गोठमा गएर तालिमप्राप्त ती किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा ८०० वटा च्याङग्राको भूवा नमूना संकलन गर्ने कार्यक्रम छ ।

    नेपालमा पहिलो पटक गर्न लागिएको च्याङग्रा रेशा गुणस्तर अध्ययनले नेपाली गुणस्तरीय पश्मिनालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहज हुने विश्वास लिइएको छ । युरोपियन युनियन सहयोगमा संचालित इयु–नेपालव्यापार तथा लगानी कार्यक्रम अन्तरगत अन्तर्राष्ट्रिय व्यापार केन्द्रले नेपाल पश्मिना उद्योग संघ, च्याङग्रा पश्मिना किसान संघ तथा नेपाल कृषि अनुसन्धान परिषदको सहकार्यमामुस्ताङकोघारापजोङ, दामोदरकुण्ड, बाराजोङ–मुक्तिनाथ, लोमाङथान र लो–घेकर गरी चार गाउँपालिकामा यो तालिम तथा भूवा संकलन कार्यक्रम संचालन गरिंदैछ ।

    मुस्ताङमा उत्पादन हुने च्याङग्राको ऊनबाट बन्ने पश्मिनाको गुणस्तर र यसले पाउने बजार मूल्यको वैज्ञानिक अध्ययन र विश्लेषण गर्न यो तालिम तथा भूवाको नमुना महत्वपूर्ण रहेको छ । उच्च गुणस्तरको ठानिएको नेपाली च्याङग्रा पश्मिनाको माग स्वदेशी तथा विश्व बजारमा बढ्दै गएको भए पनि यसको वास्तविक गुणस्तरको वैज्ञानिक परीक्षण हुन सकेको थिएन । त्यसैले च्याङ्ग्रापालक कृषकहरूबाट सङ्कलन हुने भूवाको गुणस्तरबारे क्रेताहरू जानकार हुनु आवश्यक छ । कृषकहरूका १६० वटा गोठमा रहेका च्याङ्ग्रा बथानबाट प्रतिगोठ पाँच–पाँचवटा गरी आठ सय वयस्क च्याङ्ग्रा छनौट गरिनेछ ।

    सङ्कलित नमुनालाई परीक्षणका लागि सुविधासम्पन्न र अन्तर्राष्ट्रिय मान्यताप्राप्त पशु फाइवर परीक्षण प्रयोगशालामा अध्ययनका लागि पठाइनेछ । यस तालिम कार्यक्रममा संयुक्त अधिराज्यका ेओडिसा सेन्टर लिमिटेका डा.क्यारोल कर्भिङले आठजना स्थानीय ऊन सङ्कलक किसानहरूलाई ऊनकात्नेतालिमदिंदैछन्। तालिमका सहभागीहरूले यस अघि सन २०२२मा गुणस्तरीय कश्मीरी ऊन कात्ने तालिमपाइसकेका छन्।“नेपाली पश्मिनाको वास्तविक गुणस्तर पहिचान गर्न च्याङग्रा भूवाको नमूना संकलन अनिवार्य छ ।

    नेपाली पश्मिनाको मूल्य श्रृखलालाई मजबुत बनाउन यो च्याङग्रा उत्पादक जिल्लामै आएर तालिम तथा भूवा संकलन कार्यक्रम आयोजना गरिएको हो,”प्रशिक्षक क्यारोलले भनिन् । स्थानीय स्तरमा उक्त तालिमको संयोजन गरिरहेको नेपाल पश्मिना उद्योग संघका उपाध्यक्ष धन प्रसाद लामिछानेले संकलित भूवाको नमूनाको विश्लेशणबाट प्राप्त हुने नतिजाको आधारमा नेपाली पश्मिनाको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा सहयोग पुग्ने बताए । चैत ८ देखि १३ गते सम्म च्याङ्ग्रा भूवा संकलन तालिम र त्यसको लगत्तै चैत १४ देखि २२ सम्म भूवा नमूना संकलन गरिदैछ ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.