काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ । हाल प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकि प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन / चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन /चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








