• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कोभिड उपचार थप प्रभावकारी वनाउँदै भरतपुर अस्पताल

  •   आइतबार, भदौ २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी वनाउने भएको छ । ६ वटा भेन्टिलेटर सहितको सघन उपचार कक्ष रहेकोमा भेन्टिलेटर संख्या मात्र १६ पु¥याएर उपचार प्रभावकारी वनाउन लागेको हो । हाल अस्पतालको कोभिड सघन उपचार कक्षमा २ वटा र साधारण सघन उपचार कक्षमा चारवटा भेन्टिलेटर भएकोमा शनिबार मात्रै ३ वटा भेन्टिलेटर थप गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार दातृनिकायवाट प्राप्त ३ वटा भेन्टिलेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाए पछि जडान गरिएको छ । कोभिड सघन उपचार कक्ष १० शैयाबाट १६ पु¥याईने भएको छ । तीनवटा भेन्टिलेटर साधारण सघन उपचार कक्षमा जडान गरिएको छ । कोभिडवाट साधारणमा लैजान नमिल्ने भएकाले साधारणमा जडान गरेर तयारी हालतमा राखिएको हो । थप पाँचवटा भेन्टिलेटरका लागि शुक्रबार बोलपत्र आव्हान गरिएको छ । यस संगै विरामीलाई धेरै अक्सिजन दिन सक्ने ३ वटा अपकरण पनि खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले सो प्रयोजनका लागि रु ३ करोड वजेट पठाएको छ । अस्पतालमा बिग्रीएर वसेका २ वटा भेन्टिलेटर पनि मर्मत गरिदै छ । तिवारीले भन्नुभयो “हामी महाविर पुनको स्वास्थ्य आविस्कार केन्द्रमा बिग्रीएका दुई भेन्टिलेटर पनि पठाउँदै छौ ।” ती वन्दै गर्दा अस्पतालमा १६ वटा भेन्टिलेटर हुने छन् । तिवारीले कोभिड उपचारका लागि डिजिटल एक्सरे जडान गरिने बताउनुभयो । उहाँले भन्नुभयो “एक्सरे आई सकेको छ हामी आज भोलिमानै जडान गछौं ।” अस्पतालले १६ शैयाको कोभिड सघन उपचार कक्ष मध्ये ६ वटामा शंङ्कास्पद र १० वटामा प्रमाणीत भएकाहरुलाई राख्नका लागि छुट्टा छुट्टै व्यवस्था मिलाएको छ । अस्पतालमा सङ्क्रमित राख्नका लागि आइसोलेसन शैया थप गरिएको छ । अस्पताल बिकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीका अनुसार अस्पतालले १ सय आइसोलेसन शैया थप गरेको हो । यस अघि अस्पतालमा १० शैयाको कोभिड सघन उपचार कक्ष सहित ७५ शैयाको आइसोलेसन सञ्चालनमा रहेको थियो । कोरोना संक्रमितलाई उपचारमा सहजताका लागि आइसोलेसनको शैया थप गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय अस्पतालमा आएका सङ्क्रमितले उपचारका लागि शैया नपाउने समस्या वढेपछि अस्पतालमा ६ शैयाको सघन उपचार कक्ष सहितको १ सय ७५ शैया आइसोलेसन पु¥याईएको हो । उहाँका अनुसार थप भएका आइसोलेसन शैयामा साधारण सङ्क्रमितका लागि ३५, सङ्क्रमित कर्मचारी तथा चिकित्सकका लागि २४, परीक्षणका क्रममा शंकास्पद देखिएकालाई ३५ रहने गरि आइसोलेसन थप गरिएको हो । कर्मचारीलाई निर्माणाधिन कुरुवा घरमा क्वारेन्टिनको व्यवस्थापन मिलाइदै छ । यसमा ४८ शैया हुनेछ । अस्पतालले कोरोना सङ्क्रमण भएकाको शल्यक्रियाका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिनुभयो । सङक्रमित महिलाबाट जन्मेका बच्चा राख्न छुट्टै वाल सघन उपचार कक्षको व्यवस्था मिलाइएको छ । निषेधाज्ञा खुलेमा बिरामीको चापलाई मध्यनजर गर्दै आलोपाले प्रणालीमा बहिरंग ९ओपिडी० सेवा सञ्चालन गर्ने योजना समेत बनाइएको छ । गम्भिर प्रकृतिका सङ्क्रमितलाई प्लाज्मा थेरापि बिधिबाट उपचार गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमण मुक्त भएकाहरुबाट रक्तदान गर्ने कार्य अस्पतालकै पहलमा भई सकेको छ । अस्पतालले एकिकृत आकस्मिक सेवालाई निरन्तरता दिदै आइरहेको छ । यस अघि आकस्मिक कक्षमा आएका बिरामी र पुराना बिरामी एकै ठाउँमा हुने अवस्था हटाउन आकस्मिक कक्षमा छुट्टै ४ शैया तयार पारिएको छ । ती शैयामा सम्भावित सङ्क्रमणका बिरामी राखेर उपचार गरिने छ । संक्रमणकै कारण उपचार पाइएन भन्ने गुनासो अब हट्ने अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सहजरुपमा सबै बिरामीले उपचार दिन भरतपुर अस्पताल सधै तत्पर छ ।” अस्पतालकका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल सम्म अस्पतालले २ सय ४७ जना सङ्क्रमितको उपचार गरेको छ । जस मध्ये ७४ जना अहिले पनि अस्पतालमा उपचाररत रहेको उहाँले जनाकारी दिनुभयो । सङ्क्रमित मध्ये ९ जनाको अस्पतालमा मृत्यु भएको छ । १४ जिल्लाका सङ्क्रमितलाई अस्पतालले उपचार गरेको तथ्याङ्क छ । भरतपुर अस्पतालले कोभिड प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ । जसले हाल सम्म २१ हजार भन्दा वढि नमुना परिक्षण गरि सकेको छ । चितवन सहित बिभिन्न जिल्लाबाट पठाईएका नमुना प्रयोगशालामा परिक्षण हुदै आएको पौडेलले जानकारी दिनुभयो । गत महिना सम्म जिल्लामा कोरोनाको उपचार भरतपुर अस्पतालले मात्र गर्दै आएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.