चितवन । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । आइतबार राति चितवन मेडिकल कलेजको प्रयोगशालाबाट गरिएको परिक्षणमा चितवनका १९ जनासहित ३० जनामा संक्रमण पुष्टि भएको भएसंगै संक्रमितको संख्या १ हजार नाघेको हो । चितवनमा सक्रिय संक्रमितको संख्या ८१३ रहेको छ भने १८० जना संक्रमणमुक्त भएका छन् । भरतपुर महानगरपालिकामा मात्रै संक्रमितको संख्या ६५७ पुगेको छ। ५४२ जना हाल आइसोलेसनमा छन् । महानगर भित्रका १०७ जना निको समेत भएका छन् । यस्तै कोरोना संक्रमणकै कारण अहिले सम्म चितवनका १२ जनाको मृत्यु भएको छ ।








