• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

  •   बिहिबार, चैत १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार आजदेखि सुरु भएको छ । आयोजनाले आज सूर्यविनायकमा आयोजना गरेको सडक विस्तार शुभारम्भ कार्यक्रममा भक्तपुर–२ का सङ्घीय सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य किरण थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, योजना प्रमुख राजेन्द्रप्रसाद दासलगायत भक्तपुरका जनप्रतिनिधिले संयुक्तरूपमा ढुङ्गा बिछ्याएर सडक विस्तार कार्यको सुरुआत गर्नुभएको हो ।

    प्रतिनिधिसभा सदस्य थापाले यो सडकको विस्तार योजनामा सङ्घीय सरकारअन्तर्गतकै बजेट रहेकाले बजेटको कमीले सडक निर्माणमा ढिलाइ नहुने बताउनुभयो । उहाँले कुनै पनि सडक निर्माण हुँदा कम्तीमा २५ वर्षपछिको भविष्य हेरेर कार्य गर्नुपर्नेमा जोड दिँदै सडकमा जेब्रा क्रसिङ, आकाशे पुललगायतका विभिन्न संरचना कहाँ र कसरी राख्ने भन्ने निर्णय अगाडि नै हुनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य थापाले आफू वडाध्यक्ष हुँदा सडक पेटीका संरचना हटाएर सडक जाम खुलाउने र सडक अतिक्रमणलाई रोकेको बताउँदै सडक निर्माणमा सबैको सहयोग हनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले यो सडक निर्माणको क्रममा सवारी जाम हुन सक्ने भन्दै सूर्यविनायक सिपाडोल साँगाको वैकल्पिक बाटो प्रयोग गरी ट्राफिक व्यवस्थापन गर्न सकिने सुझाव दिनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख थापाले यो सडकखण्डमा सूर्यविनायकका तीन वटा वडा पर्ने भन्दै स्थानीयवासीलाई असुविधा नहुने गरी सडक निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभयो । भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवांले ठेक्का सम्झौता र मापदण्डअनुसार सडक निर्माण गर्न र सम्भावित दुर्घटना एवं धनजनको क्षति नहुने गरी काम गर्न सुझाव दिनुभयो ।

    आयोजना प्रमुख दासले सडक शिलान्यास गर्न बाँकी नै रहे पनि निर्माण कम्पनीले काममा ढिलाइ नगर्नका लागि शुभ साइत निकालेर आजदेखि सडक विस्तार कार्य शुभारम्भ गरेको बताउनुभयो । साढे सात किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड कूल रु तीन अर्ब ८८ करोड ९३ लाखको लागतमा मुख्य चार लेन र दायाँबायाँ दुई लेन सर्भिस ट्र्याक रहने गरी छ लेन सडक आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आयोजनासँग आशिषकुमार श्रेष्ठ बन्दन भगवती जेभीले ठेक्का सम्झौता गरेको आयोजना प्रमुख दासले जानकारी दिनुभयो ।

    सडक निर्माणका लागि दुई वर्ष अगाडि नै ८२ मिटरभित्रका रुखहरू काटिएको, सडकभित्र बनेको टहरा हटाइएको र सडकको सर्भिस ट्र्याक खुलाइएको थियो । बाँकी रहेका मापदण्डभित्र परेका घर भत्काइने र पाटी तथा मन्दिर सारिने भएका छन् । सूर्यविनायकबाट धुलिखेलसम्म १६ दशमलव तीन किलोमिटरमध्ये पहिलो चरणमा रु चार अर्ब पाँच करोड ६४ लाखको लागतमा सम्पन्न गर्ने गरी धुलिखेलदेखि साँगासम्मको आठ दशमलव चार किमी सडकखण्डको ठेक्का पाएको लामा कन्स्ट्रक्सनले केही दिन अगाडि नै निर्माण सुरु गरेको छ ।

    सडक विस्तारको ठेक्का पाएको कम्पनी आशिषकुमार श्रेष्ठ बन्दन भगवती जेभीका सञ्चालक रामजी पन्तले वर्षामा पनि काम नरोक्ने गरी सम्झौता भएकै मितिभित्र सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोजनाका अनुसार सडकको विस्तृत अध्ययन प्रतिवेदन ९डिपीआर० मा केही परिवर्तन हुँदा पुल निर्माणका लागि भने छुट्टै ठेक्का आह्वान गरिने छ । करिब रु एक अर्ब लागतमा यो सडकमा २०–२० मिटरका तीन पुल, जगाती, महादेवखोला पेट्रोल पम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ ।

    यसका लागि प्रतिमिटर रु १५ लाख लागत अनुमान गरिएको छ । साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएकाले सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था आएको छ । आयोजनाका अनुसार अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ । गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण हुनेछ ।

    सडकको बीचमा तीन मिटरको ‘मेडियन’ निर्माण गरिने छ । काठमाडौँबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइने छ भने आउने लेनमा पहिलेकै रूपमा रहने छ । सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने अनुमान आयोजनाले गरेको छ । आयोजना निर्माण सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारीचाप कम भई निकै सहज हुनेछ । सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग यो राजमार्ग जोडिएको छ ।

    यी सडकबाट अरनिको राजमार्ग हुँदै कोशी प्रदेश र मधेस प्रदेशका नागरिक काठमाडौँ आउजाउ गर्दछन् । सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारी साधन मात्र यो सडक हुँदै दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.