• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

दलबीचमा सहकार्य र हार्दिकता आवश्यक छ : महामन्त्री शर्मा

  •   सोमबार, चैत २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताउनुभएको छ । गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आउनुभएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरू बीच द्वन्द्व हुन नहुने बताउनुभयो । देशभित्र अवसरको खोजी गरिरहेका नागरिकलाई सोको सिर्जना गर्नका लागि बदलिएको राजनीतिको विषय बन्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आज दलहरू बीचमा द्वन्द्व होइन सहकार्य र हार्दिकता अहिलेको राजनीतिको चित्र हो ।” आलोचना गर्ने राजनीति नभई बदलिएको राजनीति अहिलेका युवाको रोजाइ भएको उहाँले बताउनुभयो ।

    राजनीति गर्ने युवाले आकर्षित बन्नुपर्ने अहिलेको विषयवस्तु भएको उहाँको जिकिर थियो । फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीभित्र असन्तुष्टि राख्नेलाई घर फर्कन आग्रह गर्नुभयो । पार्टीभित्रका असन्तुष्टिलाई समाधान गर्नका लागि आन्तरिक छलफल गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घर छोडेर गएका आफ्नै घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध गर्दछु”, उहाँले थप्नुभयो, “हामीले उता पर्म लाएको हो । अब फर्कन्छौँ भन्ने कार्यकर्ता पनि पाएको छु ।” घरघरमा बसेर सोच्न र बिउँझनका लागि कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभयो ।

    वैशाख १० गते चितवन–२ को परिणाम बदलिने महामन्त्री शर्माको भनाइ थियो । उहाँले भन्नुभयो, “यो पटक वैशाख १० गते परिणाम बदलिन्छ । किनभने हामी १८ हजारभन्दा बढी मानिसले उता पर्म लाएका थियौँ । हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ ।” नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीभित्रको आन्तरिक कलहलाई आम निर्वाचनमा साँध्न नहुने बताउनुभयो । कांग्रेस बलियो भए लोकतन्त्र बलियो हुने भन्दै उहाँले उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारले जित निकाल्नुपर्ने बताउनुभयो ।

    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ठाकुर ढकाल, गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्ण न्यौपानेलगायतले बोल्नुभएको थियो । कांग्रेस र एमालेले गराए मनोनयन दर्ता नेपाली कांग्रेस र नेकपा (एमाले) चितवनले आगमी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । दुवै दलका उम्मेदवारले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।

    बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ र एमालेका तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको हो । श्रेष्ठको प्रस्तापकमा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी समर्थक रहनुभएको छ । उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै श्रेष्ठले चितवन निर्वाचनको प्रयोगशाला नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनका मतदाता सधैँ मतदान गरेर मात्र बस्ने हो ।” उपनिर्वाचनमा काङ्ग्रेसले जीत हासिल गर्ने भन्दै उहाँले अहिलेको प्रतिस्पर्धा कांग्रेस र एमालेबीचको हुने बताउनुभयो ।

    श्रेष्ठको उम्मेदवारी मनोनयनका क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्यय डिनाको उपस्थिति रहेको थियो । यस्तै एमालेका तर्फबाट उम्मेदवार न्यौपानेको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा कृष्णभक्त पोखरेल रहनुभएको छ । मनोनयन दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै न्यौपानेले हावाहुरीको पछि जनता नलाग्ने बताउनुभयो । आफ्नो गुमेको साख यसपालि एमालेले फिर्ता गर्ने भन्दै उहाँले आफ्नो प्रतिस्पर्धी कोही नभएको बताउनुभयो । न्यौपानेको उम्मेदवारी मनोनयनका क्रममा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाको उपस्थिति रहेको थियो ।

    १२ दलसहित २४ जनाको उम्मेद्वारी दर्ता चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि २४ जनाले आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार १२ वटा राजनीतिक दलका उम्मेदवार र १२ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको हो । राजनीतिक दलतर्फ लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) का रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल मजदुर किसान पार्टीका सानेन्द्र प्रजा, राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैसी, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

    यस्तै जयजन्मभूमि पार्टीका प्रेमबहादुर खड्का, राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका छत्रकुमार पाख्रिन, मङ्गोल नेश्नल अर्गनाईजेशनका टेकबहादुर तामाङ, राप्रपाका जीवलाल पुरी, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका राजेश आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको उहाँले जानकारी दिनुभयो । यस्तै स्वतन्त्रतर्फ सूर्य श्रेष्ठ, विक्रम श्रेष्ठ, डा भोजराज वगाले, सुबास परियार, सुदर्शन कँडेल, ताराप्रसाद पौडेल, भाष्करचन्द्र न्यौपाने, सन्तोष थापा, अम्बिका भट्ट, लक्ष्मिमायाँ कोइराला, रामकृष्ण ओझा र चक्रपाणि न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ । सहायक निर्वाचन अधिकृत आचार्यका अनुसार २१ गते मङ्गलबार उजुरी दर्ता, २२ गते उजुरीमाथि जाँचबुझ र नामावली प्रकाशन, २३ गते उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न वितरणको काम हुनेछ ।

    मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा एक लाख २४ हजार ६९५ जनाले मतदाता रहेका छन् । उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.