काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने संवाद अभियान सञ्चालन गर्ने बताउनुभएको छ । पोखरामा मंगलवार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले वर्षौँदेखि काँग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग संवाद गर्नुपर्ने बताउनुभएको हो ।
मतदाताले काँग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख गर्दै उहाँले उनीहरूको घरमै पुगेर गुनासा सुन्न र प्रश्नको जवाफ दिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।








