• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

दमौलीको फोहर पुनः भतेरीमा

  •   मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली ।  तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रबाट निस्कने फोहरलाई पुनः व्यास नगरपालिका–३ मादी भतेरीमा विसर्जन गरिने भएको छ । मादी नदीका कारण भतेरी कटानमा परेपछि हाल बुद्धसिं मार्गअन्तर्गत व्यास–१३ सोढेमा फोहर फालिँदै आएकामा नगरपालिकाले पुनः भतेरीमा नै फोहर विसर्जन गर्ने तयारी गरेको हो ।

    बुद्धसिंमार्गमा फोहर फालिँदा यहाँ भएर यात्रा गर्ने यात्रु र सर्वसाधारणलाई दुर्गन्ध भएपछि स्थानीयको मागबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मादी नदीमा तटबन्ध गरी खाडल परेको स्थानमा फोहर फाल्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । “बुद्धसिंमार्गमा फोहर फालिँदै आएकामा स्थानीयबाट वैकल्पिक स्थान खोज्न माग भइआएकाले अर्को व्यवस्था नभएसम्म पुनः भतेरीमा फोहर फाल्नुपर्ने बाध्यता आएको छ”, उहाँले भन्नुभयो, “नदीमा फोहरमैला प्रवाह नहुने गरी फोहरमैला विसर्जन गर्ने, हाललाई फोहरमैला छनोट प्रक्रिया स्थगन गर्ने र स्थानीयसँग समन्वय गर्ने र आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय भएको छ ।”

    बुद्धसिंमार्ग दमौली–मुग्लिन–नारायणगढको विकल्पका रूपमा रहेको सडक हो । बुद्धसिंमार्गको दमौली–बेलवास हुँदै भरतपुर महानगरपालिकाको घुमाउनेमा निस्किन्छ । यो मार्ग हुँदै घुमाउने पुग्न पृथ्वीराजमार्गबाट भन्दा २५ किलोमिटर छोटो पर्छ । गण्डकी प्रदेश सरकारले यो मार्गको १० किलोमिटर खण्डमा कालोपत्रको तयारी पनि गरिरहेको छ । बुद्धसिंमार्गमा बाटैभरि फोहर हुँदा नाक थुनेर हिँड्नुपर्ने बाध्यता थियो । दमौलीबाट सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र आह्वान भइसकेको छ ।

    पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंमार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । बुद्धसिंमार्गमा फोहर फाल्नुअघि नगरपालिकाले व्यास –१ रत्यौलीमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । स्थापनाको ३० वर्षसम्म पनि नगरपालिकाले सरसफाइ केन्द्र बनाउन सकेको छैन । व्यास–१० स्थित मङ्गलीगैह्रामा सरसफाइ केन्द्र बनाउने तयारी गरिँदा स्थानीयले विरोध गरेपछि नगरपालिकाले त्यसबाट पनि पछि हटेको थियो ।

    व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकाले सरसफाइ केन्द्र निर्माणका लागि वालिङ नगरपालिकाले बनाएको फोहरमैला व्यवस्थापन केन्द्रको पनि अध्ययन अवलोकन गरेको थियो ।

    नगरपालिका सरसफाइ शाखाका भाग्यशाली ढुङ्गानाका अनुसार व्यास नगरपालिकाको बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक ११ टन फोहर सङ्कलन हुँदै आएको छ । यसमध्ये कुहिने फोहर व्यास –१० दुम्सीमा मल उत्पादनमा प्रयोग गर्ने गरिएको छ ।

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    गण्डकी प्रदेशमा काँग्रेसका सांसद कुँवरले दिए राजीनामा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.