हेटौंडा । हेटौंडामा विहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म पसल खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले विहान र दिउँसो गरी २ समयमा पसल खुल्ने निर्णय गरेको हो । प्रशासनका अनुसार विहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दुग्धजन्य पदार्थका पसल व्यवसाय खुल्ने छ भने विहान १० बजेदेखि ३ बजेसम्म अन्य पसल खुल्नेछ । बैंक तथा वित्तीय संस्था विहान १० बजेदेखि ३ बजेसम्म खुल्ने छ । प्रशासनले नीजि सवारीलाई जोर विजोर प्रणालीमा संचालन गर्न दिने निर्णय गरेको छ । यो निर्णय भदौ २६ गतेदेखि असोज ५ गतेसम्मका लागि लागु हुने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।










