चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का ६२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । उनी श्वाशप्रश्वासमा समस्या देखिए पछि भदौ २० गते अस्पतालमा भर्ना भएका थिए । उनलाई भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको अस्पतालको कोभिड सघन उपचार कक्षमा आज दिउँसो १२ः२० वजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । यो संगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २३ पुगेको छ । एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो । चितवनका १३ जना, मकवानपुरका ५ जना, नवलपरासी सुस्ता पूर्बका ३ जना, वारा, गोर्खा र कैलालीका १/१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।








