हेटौँडा । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाले लकडाउन अवधिमा नविकरण गर्न बाँकी, ५ बर्ष नाघी खारेजीमा परेका,नविकरण म्याद सकिएका सवारी चालक अनुमतिपत्रमा भदौ मसान्तसम्म जरिवाना नलाग्ने जनाएको छ। कार्यालयका प्रमुख भक्त बहादुर भण्डारीको हस्ताक्षरमा शुक्रवार प्रकाशित सुचनामा २०७७ साउन ५ गतेको निर्णय अनुसार बन्दाबन्दी र निषेधाज्ञाका समयमा नविकरण गर्न बाँकी,५ बर्ष नाघी खारेजीमा परेका,नविकरण म्याद सकिएका सवारी चालक अनुमतिपत्रमा भदौ मसान्तसम्म जरिवाना नलाग्ने र शुल्क मिनाह गर्ने उल्लेख गरिएको छ।









