फाईल फोटो
चितवन । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारी र संक्रमण बढ्दै गएपछि मालपोत कार्यालय भरतपुरले पनि सावधानी अपनाएर सेवा दिने भएको छ । जस अन्र्तगत आईतवार भरतपुर,बछ्यौली र गीतानगर क्षेत्रको मात्रै काम गरिने छ । सोमवार श्रीपुर,पिठुवा र पन्चकन्याको गरिने छ भने मंगलवार पदमपुर,हाजीपुर र कविलास क्षेत्रको मात्र काम गरिने मालपोत कार्यालय भरतपुरले सूचना प्रकाशित गरि सर्वसाधरणलाई जानकारी गराएको हो । यस्तै बुधवार कल्याणपुर,देवौली र नारायणगढ क्षेत्रलाई समेटिएको छ । विहिवार जुटपानी ,शिवनगर र चण्डिभञ्ज्याङ तथा शुक्रवार भरतपुर पटिहानी र दारेचोक क्षेत्रको मात्रै काम गरिने सूचनामा उल्लेख गरिएको छ । सूचनामा भनिएको छ, सेवाग्राहीले मास्क अनिवार्य लगाउनु पर्ने, सावुन पानीले हात धुने र सेनिटाईजरको प्रयोगगरेपछि मात्र कार्यालयमा प्रवेश गर्ने । तथा आफैले सामाजिक दुरी कायमगरि सबैलाई सहयोग पु¥याउने । पछिल्लो समय चितवनमापनि कोरोना संक्रमित बढ्दै गएको छ । त्यसैले सबै क्षेत्रमा सावधानी अपनाउनु जरुरी देखिन्छ ।









