• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

अज्ञात रोगका कारण पशु मरे, लम्पीको आशङ्का

  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली ।  तनहुँको देवघाट गाउँपालिकामा अज्ञात रोगका कारण पाँच पशु मरेका छन् । लम्पी रोगको सङ्क्रमण बढिरहेका बेला देवघाटमा पाँच भैंसी मरेका हुन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले के कारणले पशुको मृत्यु भयो भन्ने खुल्न बाँकी रहेको बताउनुभयो । “जिल्लाभर यतिबेला लम्पी रोगको सङ्क्रमण बढिरहेका बेला देवघाटमा पाँच पशु मरेको खबर आएको छ, यही रोगका कारण हो वा होइन भन्ने पुष्टि भइसकेको छैन,” डा श्रेष्ठले भन्नुभयो ।

    लम्पी रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए पनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उहाँको भनाइ छ । “यो रोग लागेको खण्डमा उत्पादनमा ह्रास भने आउँछ, तर मृत्यु नै हुने खालको रोग भने होइन,” उहाँले भन्नुभयो । जिल्लाका अधिकांश पालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका आँबुखैरेनी गाउँपालिका, भिमाद नगरपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको सङ्क्रमण देखिएको हो । लम्पी रोगका कारण कृषकले पालेका पशुहरु बिरामी पर्न थालेका छन् ।

    गाईभैँसीमा ज्वरोसहित शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउनेजस्ता लक्षण देखिएको देवघाट गाउँपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख दिपकसिंह धामीले जानकारी दिनुभयो । “केही वडामा गाईभँैसीमा लम्पीस्किन रोग देखा परेकाले आवश्यक सजगताका लागि कृषकलाई सतर्कता अपनाउन आग्रह गरेका छौँ, यसको ठोस उपचार नभएकाले लक्षण अनुसारको उपचार गर्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो । गाउँपालिकाले गोठ र मलखादको दूरी दश मिटर कायम गर्न, गोठ नियमितरुपमा फिनेल पानी सफा गर्न, पशु बाँध्ने गोठमा दिसा, पिसाब तथा पानी जम्न नदिन कृषकलाई आग्रह गरेको छ ।

    भिमाद नगरपालिकाका केही स्थानमा गाईभैँसीमा लम्पी रोग देखा परेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले यसको ठोस उपचार नभएकाले आवश्यकता सतर्कता नै प्रमुख उपाय भएकाले कृषकलाई सोही बमोजिम गर्न भनिएको जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालका अनुसार विभिन्न वडामा यो रोग देखिएको छ ।

    हालसम्म यो रोग विरुद्धको खोप उपलब्ध नभएकाले लक्षणअनुसार नै उपचार गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका पशु चिकित्सक डा सन्तोष देवकोटाले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा गाइभैँसीमा भाइरसबाट लाग्ने लम्पी रोगसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले कृषकले यसबारेमा जानकारी गराएकाले पालिकाले अनुगमन गर्ने बताउनुभयो । जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परेकाले यसबाट गाइभैँसीलाई बचाउन सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

    गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा विनय शाहले बताउनुभयो । उहाँका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा गिरावट आउनुका साथै प्रजनन् समस्या आउने तथा गर्भपतन हुन सक्ने सम्भावना रहन्छ । उहाँले भन्नुभयो, “यो रोग भाइरसबाट लाग्ने भएकाले प्रभावकारी उपचार छैन । यसको सबैभन्दा राम्रो उपाय भनेको रोग लाग्न नदिनु नै हो ।”

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.