काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार पनि सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर छ । आइतबार चाँदी प्रतितोलामा एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।








