• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा तीन प्रकारका विद्युतीय गाडी भित्रिदै

  •   आइतबार, भदौ २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । व्यावसायिक प्रायोजनका लागि चाहिने विद्युतीय सवारी साधन अब चितवनबाटै खरिद गर्न सकिने भएको छ ।

    भरतपुर–१० एयरपोर्ट गेट अगाडि रहेको ग्रीन मोटर्स प्रा.लि.चितवनले विद्युतीय सवारी साधन खरिद गर्न चाहनेका लागि बुकिङ खुल्ला गरेको छ । दिगो ग्रुप अफ कम्पनिजको नवलपरासी र चितवनका लागि आधिकारिक विक्रेता ग्रीन मोटर्सले विद्युतीय व्यावसायिक गाडी चितवनमा भित्र्याउँदै छ ।

    दिगो ग्रुप अफ कम्पनिजले नेपालमा भित्र्याएको तीन प्रकारका दिगो ई–बस, दिगो ई ६–मिनी बस र दिगो डाँफे–माइक्रो बसलाई चितवनमा भित्र्याउन लागिएको ग्रीन मोटर्स प्रा.लि. चितवनका संचालक विशाल पौडेलले जानकारी दिए । उनले भने–‘तीन वटै सवारी साधनका लागि बुकिङ खुल्ला गरि सकेका छौं, माग अनुसार हामी चितवमा भित्र्याउँछौं ।’ कोरोना भाइरसका कारण सिर्जित लकडाउन र निषेधाज्ञाका कारण ती गाडी चितवनमा ल्याउन ढिलाइ भएको बताए । उनले छिट्टै तीन प्रकारकै गाडी सार्वजनिक गर्नुको साथै शोरुम समुद्घाटन गरिने जानकारी दिए ।

    दिगो ग्रुप अफ कम्पनिजले नेपालमा विद्युतीय सवारी साधनको क्रमिक विकासलाई पुनः परिभाषित गर्दै विश्व विद्युतीय सवारी साधन दिवस (वल्र्ड इभी डे) को अवसर पारेर आफ्ना तीन वटा विद्युतीय गाडी सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका सवारी साधनमा दिगो ई–बस, दिगो ई ६–मिनी बस र दिगो डाँफे–माइक्रो बस हुन् । यी गाडीहरुको प्रारम्भिक मूल्य क्रमशः दिगो ई–बसको १ करोड २६ लाख ५० हजार, दिगो ई ६–मिनी बसको ९० लाख र दिगो डाँफे–माइक्रो बसको ४४ लाख रुपैयाँ पर्नेछ ।

    कुन गाडीको कस्तो छ विशेषता ?

    १.दिगो ई–बसः

    दिगो ई–बस प्रिमियम विद्युतीय बस हो । यसका विशेषतामा एबिएस, भेन्टिलेसन फ्यानसहितको रुफ ह्याच, स्टेर लाइट, प्रोटेक्सनबार, एलइडी रुट बोर्ड, रिमोट कन्ट्रोल डोर, डिजिटल घडी, एमपी ३ प्लस रेडियो, चार्जिबरिसेप्टेकल, एयर कन्डिसनर, हेडरेललगायत समावेश छन् । यो बसलाई ७० जनासम्म बोक्न मिल्ने बनाउन सकिन्छ ।

    सुरक्षाको दृष्टिले यो बस आगो निभाउने फायर एक्सटिब्ग्विसर, सेफ्टी ह्याम्मर (चारवटा), पछिल्लो भागमा क्यामेरा, ढोकाको अनुगमन गर्ने प्रणाली जस्ता उपकरणले सुसज्जित छ । यसलाई सार्वजनिक यातायात, अर्बन फ्लिट, सहर भित्रको यात्रा, कर्मचारी परिवहन, एयरपोर्टसटललगायतमा प्रयोग गर्न सकिन्छ ।

    १२९ किलोवाट आवरको लिथिअम आइरनफस्फेट ब्याट्री र १४० किलोवाटको मोटर रहेको यो बस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २०० किलो मिटरसम्म गुड्छ । यसको प्रतिकिलो मिटर बिजुली खर्च ७ रुपैयाँ १ पैसा पर्छ, जुन करिब २२ रुपैयाँ प्रति किलोमिटर पर्ने डिजेल बसको सञ्चालन खर्चको तुलनामा ७० प्रतिशत कम हो ।

    २. दिगो ई ६ (मिनीबस):

    प्राविधिक रुपमा उन्नत डिजाइनको दिगो ई ६ मिनीबस सुविधा र बसभित्र उपलब्ध हुने अन्य सम्पूर्ण व्यवहारिक विशेषताको मिश्रण हो । यसले २० जनासम्म यात्रुलाई प्रदूषण र आवाजरहित तथा आरामदायी यात्राको अनुभव दिलाउँछ । आफ्नो व्यवसायलाई अगाडि बढाउन यो एउटा उत्कृष्ट सवारी साधन हो । दिगो ई ६ सबै प्रकारका र दीर्घकालीन लचकता प्रदान गर्न र सहन विकास गरिएको सवारी साधन हो ।

    यो उच्चतम सुविधा, लागत न्यूनीकरणरका र्बन निष्प्रभावी बनाउन पुनः परिभाषित बिलासी यात्रु बाहक सवारी साधन हो । पर्याप्त फराकिलो भित्री भाग, ठूला सिट तथा पस्न र निस्कन सजिला स्लाइडिङ डोर भएको यो बस निश्चित संख्यामा यात्रु ओसार्नका लागि उत्कृष्ट सवारी साधन हो । यो बसमा आवश्यकता अनुसार १४, १६, १७/२० जनासम्मको लागि व्यक्तिगत सिट भएको बनाउन मिल्छ । यसलाई सहर भित्रको वा एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक एण्ड ड्रप, स्कुल भ्यान तथा साइट सिइबभेहिकलको रुपमा प्रयोग गर्न सकिन्छ ।

    ८० किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ११० किलोवाटको मोटर रहेको यो मिनी बस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २१० किलोमिटरसम्म गुड्छ (एनइडिसी २८० किलोमिटर) । यो बसको प्रतिकिलो मिटर बिजुली खर्च ३ रुपैयाँ २ पैसा मात्र पर्न आउँछ, जुन डिजेलको करिब १३ रुपैयाँप्रति किलोमिटर खर्चको तुलनामा ७० प्रतिशत कम हो ।

    ३. दिगो डाँफे (माइक्रोबस):

    ११ सिटको दिगो डाँफे डिजाइन, सुविधा र विश्वसनीयताको प्रतीक हो । यो बलियो बहुउद्देश्यीय विद्युतीय माइक्रो बस यात्रालाई सजिलो र आरामदायी बनाउनुका साथै बढी भन्दा बढी आम्दानीका लागि प्राविधिक रुपमा उन्नत विशेषताले भरिपूर्ण छ । डाँफे फ्लिट सर्भिस, सहरभित्रको र एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिकर ड्रप, स्कुल भ्यान तथा साइट सिइब भेहिकलको लागि उत्तम विकल्प हो ।

    ४२ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो सवारी साधन एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २५० किलोमिटरसम्म गुड्छ (एनइडिसी ३०० किलोमिटर) । यो माइक्रो बसको प्रति किलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ जुन डिजेलको करिब ९ रुपैयाँ प्रति किलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.