• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नवलपुरमा पुँजीगत खर्च १९ प्रतिशत मात्रै

  •   सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्मको पुँजीगत खर्च १९ प्रतिशत भएको छ । जिल्लामा सङ्घतर्फको पुँजीगत खर्च १९ दशमलव ३७ प्रतिशतमात्रै भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी एवं कोष नियन्त्रक जितनारायण महतोले यस आर्थिक वर्षका लागि नवलपुरमा एकीकृत विनियोजन बजेट रू चार अर्ब ८२ करोड १६ लाख ७० हजार नौ सय २० रहेकामा जेठ ७ गतेसम्म रू ९३ करोड ४१ लाख ७३ हजार चार सय ५६ खर्च भएको जानकारी दिनुभयो । विकास बजेटको रुपमा रहेको पुँजीगत खर्च कम हुँदा समग्र जिल्लाको विकास निर्माणका गतिविधिमा प्रभाव पर्ने उहाँले बताउनुभयो ।

    “पुँजीगत खर्च न्यून रहेपनि चालु खर्च भने ९१ प्रतिशत देखिएको छ । यस आवका लागि चालु खर्चअन्तर्गत रू छ अर्ब तीन करोड नौ लाख ५४ हजार दुई सय ३० विनियोजन भएकोमा हालसम्म रू पाँच अर्ब ५४ करोड ६८ लाख १४ हजार आठ सय ९८ खर्च भएको छ”, कोष नियन्त्रक महतोले भन्नुभयो । कार्यालयबाट हुने तलब, भत्ता, अनुगमनलगायत शीर्षकका बजेट चालु खर्चमा रहने भएकाले चालु खर्च लक्ष्यअनुसार नै देखिएको उहाँको भनाइ थियो ।

    जिल्लामा हालसम्म पुँजीगत खर्चतर्फ सबैभन्दा बढी खर्च गर्ने कार्यालय नारायणगढ बुटवल सडक योजना (पूर्वी खण्ड) रहेको छ । महतोका अनुसार यस योजनाका लागि रू चार अर्ब ५९ करोड ९६ लाख २८ हजार बजेट विनियोजन भएकामा हालसम्म रू ८० करोड ८६ लाख ५५ हजार दुई सय ९४ खर्च भएको छ । “नारायणगढ–बुटवल सडक योजनाले अन्य कार्यालयले भन्दा बढी बजेट खर्च गरेको देखिए पनि योजनाको कुल बजेटको खर्च प्रतिशत निकाल्दा पुँजीगत खर्च न्यून नै छ”, उहाँले भन्नुभयो ।

    त्यस्तै, सामाजिक सुरक्षातर्फ बौदीकाली गाउँपालिकाले रू चार करोड ७१ लाख ८३ हजार चार सय ५२, मध्यविन्दु नगरपालिकाले रू दुई करोड ५१ लाख खर्च गरेका छन् । महतोले २ नम्बर वन तथा पर्यावरण सुरक्षा गणले रू दुई करोड दुई लाख १६ हजार नौ सय २८ खर्च गरेको उल्लेख गर्दै अन्य कार्यालयहरुले गरेको खर्च रू एक करोड भन्दा न्यून रहेको जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवेणी भन्सार कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र कोष तथा लेखा नियन्त्रक कार्यालयले बजेट खर्च गर्न सकेका छैनन् ।

    वैशाख मसान्तसम्म न्यून रहेको पुँजीगत खर्च जेठ लागेपछि बढेको महतोको भनाइ थियो । जेठको सात दिनमा मात्रै जिल्लामा रू २० लाख ९० हजार सात सय ८३ खर्च भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पुँजीगत खर्च बढ्ने बताउनुभयो ।

    प्रदेशको विकास बजेट ३८ प्रतिशत खर्च

    जिल्लामा सङ्घीय सरकारबाट प्राप्त पुँजीगत बजेटको खर्च प्रतिशत भन्दा गण्डकी प्रदेशबाट प्राप्त भएको पुँजीगत बजेटको खर्च प्रतिशत दोब्बर देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयकाअनुसार यस आवको १० महिनामा गण्डकी प्रदेशबाट प्राप्त बजेटअन्तर्गत ३८ दशमलव ४८ प्रतिशत खर्च भएको छ । गण्डकी प्रदेशबाट नवलपुरका लागि यस आवमा पुँजीगततर्फ रू एक अर्ब ६६ करोड दुई लाख १५ हजार बजेट विनियोजन भएकोमा रू ६३ करोड ८८ लाख ७७ हजार खर्च भएको कोष नियन्त्रक महतोले जानकारी दिनुभयो ।

    “चालु खर्चअन्तर्गत रू ७१ करोड ७९ लाख ५३ हजार विनियोजन भएकोमा रू ३५ करोड ८४ लाख चार हजार खर्च भएका छ”, उहाँले भन्नुभयो । नवलपुरमा सङ्घीय सरकारको मातहतमा रहने गरी २१ र गण्डकी प्रदेश सरकारको मातहतमा रहने गरी ११ कार्यालय तथा आठ स्थानीय तह छन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.