चितवन । चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्यावमा ९४ जनाको स्वाबको नमुना परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । संक्रमित मध्ये चितवनका ११ जना छन, भने नवलपुरको गैडाकोटका १ जना,देवचुलिका ३, र तनहँ व्यास नगरपालिकाका १ जना रहेका छन।









