भरतपुर । चितवनका होटल व्यवसायीले व्यवसाय सञ्चालनको माग गरेका छन् । आज (आइतबार) प्रमुख जिल्ला अधिकारीलाई भेट गरी व्यवसाय सञ्चालनको वातावरण बनाइदिन आग्रह गरेका छन् ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष शर्मिला न्यौपानेले व्यवसायनै संकटमा परेकाले चलाउने वातावरण मिलाइदिन माग गर्नुभयो । ज्ञापनपत्र बुझाउँदै उहाँले भन्नुभयो ‘६ महिनादेखि बन्द हुदा घरभाडा तिर्नपनि गारो छ, कर्मचारीपनि घरखर्च चलाउन नसक्ने अवस्थामा छन्, यो बेला होटल अब चलाउन दिनुपर्छ ।’ होटल व्यवसायी लिएको ऋणसमेत तिर्न नसकेको अवस्थामा आयआर्जनको बाटोनै बन्दहुदा पलायनको स्थिति आएको बताउनुभयो ।
चितवनमा ठुला बाहेकका ४ हजार बढी मझौला होटल तथा लजहरु छन् ।
नेपाल होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष इमान्दु बरालले स्वास्थ्य सावधानी अपनाएर होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्नुभयो । उहाँले स्वास्थ्यकर्मी, संक्रमित वा अन्यलाई छुटै सुरक्षित आवासका लागि होटलका कोठाहरु दिन तयार रहेको बताउनुभयो ।








