काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन प्रतितोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।








