चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा आज विहान भएको ट्रक दुर्घटनामा घाईते मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना ४ ख ८०११ नम्बरको ट्रकका चालक पर्साको परवानीपुर २ का २८ वर्षीय अजय शाह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेको ना ६ २४२३ नम्बरको ट्रक र बिपरित दिशाबाट जाँदै गरेको ना ४ ख ८०११ नम्बरको ट्रक आज बिहान ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ खहरे पुल नजिक एक आपसमा ठक्कर खाएका थिए । अर्को ट्रकका चालक र ट्रकमा सवार चार जनाको सोही मेडिकल कलेजमा उपचार भईरहेको काार्यलयका प्रबक्ता सूर्य वहादुर थापाले जानकारी दिनुभयो । उनीहरुको अबस्था मध्यम रहेको छ ।








