काठमाडौँ । चिकित्साक्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्षरत चिकित्सक गोविन्द केसीले जुम्लाबाट अनशन सुरु गरेका छन् । डा. केसीले जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सरकारविरुद्ध १९ औं सत्याग्रह सुरु गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश तथा जिल्लामा सरकारी मेडिकल कलेज निर्माण प्रक्रिया अघि बढाउनु पर्ने उनको माग छ । उनले १६ औं सत्याग्रह पनि जुम्लामै गरेका थिए । यसअघि उनले विभिन माग राख्दै १८ औं सत्याग्रह दार्चुलाको खलंगामा सुरु गरेका थिए ।








