• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना

  •   मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमित मध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल वनेको पाईएको हो । केन्द्रका सदस्य एबं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार कूल सङ्क्रमित मध्ये २ सय ५४ जना डाक्टर तथा स्वास्थ्यकर्मीहरु रहेका छन । यो संख्या आज सम्म सङ्क्रमित संख्याको २० प्रतिशत हुन आउँछ । संक्रमित डाक्टर तथा स्वास्थ्यकर्मीहरुको परिवारमा कम्तिमा थप एक जना व्यक्ति संक्रमित भएको पाइएको उहाँले वताउनुभयो । यसलाई हेर्दा सङ्क्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ । त्यस बाहेक संक्रमित अन्य १ सय १ जना व्यक्तिहरुले समेत आफूलाई अस्पतालमा उपचारको लागि जाँदा वा विरामीको कुरुवा भएर वस्दा सङ्क्रमण भएको वताएको उहाँले जानकारी दिनुभयो । तिवारीले भन्नुभयो “जिल्लामा जम्मा संक्रमणको ५० प्रतिशत हिस्सा अस्पतालहरुको रहेको पाइयो ।” अध्ययनका क्रममा उद्योग, व्यापार, होटेल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १ सय ११ जनामा संक्रमण देखिएको छ । कलकारखाना, होटेल, इन्टरप्राइजेज वा व्यवसायमा देखिएको सङ्क्रमण वढ्दो क्रममा रहेको छ । घर भाडामा एकै घरमा धेरै व्यक्ति बस्ने, एउटै शौचालय प्रयोग गर्नेहरुमा संङ्क्रमण फैलिएको पाईएको छ । अध्ययन पछि तयार गरिएको प्रतिवेदनमा भनिएको छ “पसलको सामान ढुवानी गर्ने, सामान वेच्ने, तरकार वजार जाने, सवारी चालक, कोभिड परिक्षण नगरी वाहिरबाट आएका कामदार, जिल्ला बाहिर गएर आएका र अग्र भागमा रहेको प्रत्यक्ष सेवा दिने बैंक, बित्तिय संस्था, बिद्युत प्राधिकरणका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।” अध्ययनले अस्पताल उच्च जोखिममा देखिए पछि कोभिड सङ्क्रमण फैलन नदिनका लागि आन्तरिक कार्ययोजना वनाएर काम गर्ने बिषयमा जिल्लामा रहेका अस्पतालहरु संग छलफल भई सकेको तिवारीले जानकारी दिनुभयो । सङ्क्रमण फैलन नदीन अस्पतालमा जाँदा विरामीको साथमा एक जना मात्र कुरुवा मात्र पठाउनु पर्ने, कुरुवा फेरीन नहुने, अस्पतालमा उपचारका लागि गएका र कुरुवा वसेका व्यक्तिहरु कम्तिमा एक हप्ता होम क्वारेन्टाइन पालना गरी बस्ने र अन्य व्यक्तिको सम्पर्कमा नजान केन्द्रको सुझाब छ । परिवारका सदस्यहरुलाई अन्य सामान्य अवस्थामा जस्तो साथी भाईहरुसंग हिडडुल घुमफिर नगर्न, बजारमा घरमाडामा वस्ने व्यक्तिहरुले आफ्नो घरमा भाडामा वस्ने र घरधनि व्यक्तिहरु संक्रमणको जोखिम हुने गरी अन्यत्र आवतजावत गरे नगरेको एकिन गर्नु पर्ने सुझाब दिईएको छ । रोग नियन्त्रणका लागि पसलमा वसेर सामान वेच्दा समान किन्न आउने ग्राहकहरुसंग सावधानी अप्नाउन, मास्क लगाउन, पैसा लिंदा अलग्गै टोकरीमा राख्ने जस्ता व्यवस्था मिलाउन केन्द्रको सुझाब छ । सब्जी मन्डिमा हुने भिडभाड नियन्त्रण गर्नुपर्ने, उद्योगहरुमा बाहिरबाट कामदार ल्याउँदा स्वास्थ्य परीक्षण गराएर मात्र उद्योगमा प्रवेश गराउन, कच्चा पदार्थ ल्याउँदा र तयारी सामाग्री बाहिर पठाउँदा हुने लोड अनलोडबाट सङ्क्रमण नभित्रिने गरी प्रवन्ध मिलाउनुपर्ने, विधुत मर्मत सेवा, सरकारी कार्यालय र बैंकहरुमा अग्रभागमा वसेर ग्राहकहरुलाई सेवा दिने व्यक्तिहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने केन्द्रको सुझाब रहेको सदस्य तिवारीले जानकारी दिनुभयो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको संयोजक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई सहितको जिल्लाको उच्च स्तरको समितिले विस्तृत अध्ययन गरेर कोरोना फैलिएको क्षेत्रको पहिचान गर्दै जिल्ला बासीलाई सतर्क रहन आग्रह गरेको हो । जिल्लामा हाल सम्म सङ्क्रमितको संख्या १ हजार ३ सय ७ पुगेको छ भने १७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भई सकेको छ । बाहिरी जिल्लाको सहित यो संख्या २९ पुगेको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.