काठमाडौँ । रोगले भन्दा भोकले मर्न थालेको भन्दै नाई श्रमिकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । उनिहरुले रोगको लागि भनेर ५ महिना सम्म पसल बन्द गरेको र अव भोकको लागि पसल खोल्ने भन्दै मंगलबार बिहान काठमाण्डौंको माइतीघरमा धर्ना दिएका हुन । धर्नामा सयौँको संख्यामा नाई श्रमिकहरु आफ्ना ड्रेस र औजार सहित प्रर्दशनमा सहभागि भएका थिए । उनीहरुले लामो समय देखिको लकडाउनका कारण आफूहरु भोकले मर्न थालेको बताएका छन् । हामी राज्यका हौं त्यसैले हामीलाई भोकले मर्नदिनु भएन । सरकारले पसल खोली दुईछाक भात मात्रै खाने व्यवस्था मिलाईदिनु प¥र्यो श्रमिकको भनाई थियो । रोगले भन्दा भोकले मर्न थालेको भन्दै उनीहरुले आफूहरुका माग पूरा नभएसम्म प्रदर्शन जारी रहने बताएका छन् ।








