चितवन। बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जाेशीले नेपाल रेडक्रस साेसाईटी महेन्द्रचाेक उपशाखाकाे भवन शिलन्यास गर्नुभएकाे छ ।
भवन शिलन्यास गदै उहाँले मानव सेवामा लाग्ने संस्था मध्य उपयुक्त संस्था रेडक्रश भएकाे बताउनु भयाे ।
रेडक्रश कर्मिहरुकाे सेवाकाे भावनाले देशका विभिन्न स्थानमा भएका बिपत्तिमा सहज रुपमा काम गर्न सकिएकाे उहाँकाे भनाई थियाे ।
कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी चितवनका सभापति हरि पाैडेल, रेडक्रस कर्मी विदुर केसी, शाखा सभापति दिपेश केसी, भवन निर्माण समितिका संयाेजक बुद्विसागर लम्साल लगाएतले बाेल्नुभएकाे थियाे ।








