काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा ९ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।








