चितवन । चितवनमा एक सय दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा चितवनका ७८ जना सहित १०२ जनामा बुधबार कारोना पुष्टि भएको चितवन मेडिकल कलेजले जनाएको छ । कोरोना पुष्टि भएकाहरु मध्ये केहि यसअघि नै संक्रमित भएका व्यक्तीहरु समेत रहेका छन् । संक्रमण देखिएकाहरु मध्ये भरतपुर महानगरपालिकाको विभिन्न वडाका ५४ जना , रत्ननगर नगरपालिकाका १९ , खैरहनीको ४ र राप्तीको १ जनामा कोभिड १९ पुष्टि भएको हो । त्यस्तै २४ जना अन्य जिल्लाका रहेका छन् ।










