हेटौंडा । केहि दिन अघि हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ पिप्ले स्थित आफ्नै घरबाट बेपत्ता भएकी ६० वर्षीया लेखा कुमारी सुवेदीको शव फेला परेको छ । शव हेटौंडा ५ स्थित पिप्ले नजिक जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले बताए । प्रवक्ता रानाले घटना स्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भईरहेको बताए । गत भदौ २८ गते दिउँस साढे ३ बजे घरबाट निस्किएकी सुबेदी घर नफर्कीएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए ।








