काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन प्रतितोलाको ९६ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।








