देवघाट । देवघाट गाउँपालिकाको आयोजनामा आज संविधान दिवसको पूर्व सन्ध्यामा देवघाट धर्मार्थ अस्पताल र देवघाट क्षेत्र बिकास समिति वरिपरि सरसफाइ गरिएको छ। सरसफाइ कार्यक्रममा देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ,देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत नरहरि सापकोटा,देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेल,देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे,समाजसेवी चन्द्रप्रकाश दवाडी,देवघाट युवा तथा खेलकुद समिती अध्यक्ष सुकु गुरुङ देवघाट गाउँपालिकाका विभिन्न साखा प्रमुख र कर्मचारीहरु लगायत विभिन्न संघ,संस्थाका ब्याक्तीहरुको उपस्थितिमा सरसफाइ सम्पन्न भएको थियो। सो सरसफाइ कार्यक्रम देवघाट गाउँपालिकाका कार्यक्रम संयोजक कृष्णराज पन्तले सञ्चालन गर्नुभएको थियो भने देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।









