• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ९. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • १०. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

उपप्रमुख अधिकारीद्वारा कारागार चितवनको स्थलगत अनुगमन

  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले आइतबार जिल्ला कारागार चितवनको स्थलगत अनुगमन गर्नु भएको छ । जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीहरु रहेको भन्ने जनगुनासो आएपछि नगर उप प्रमुखले कारागारको स्थलगत अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा नगर उप प्रमुख अधिकारीले कारागारका कैदीबन्दीहरुसँग अन्तरक्रिया समेत गर्नु भएको छ । अन्तरक्रियामा कैदीबन्दीहरुले क्षमता भन्दा बढी जनशक्ति राख्दा बस्न निकै अप्ठ्यारो भएको नगर उप प्रमुख समक्ष गुनासो गरेका छन् ।

    कारागारको विद्यमान अवस्था, समस्या र समाधानको लागि स्थानीय सरकारको हैसियतले ब्यबस्थापन गर्न म तयार छु, एउटा जिम्मेवार पदमा बसेको जनप्रतिनिधि भएको नाताले पनि कारागारको समस्या समाधान गर्न तर्फ मेरो ध्यान केन्द्रित हुने छ उप प्रमुखले भन्नू भयो । उहाँले कारागारको समग्र स्तरोन्नतिका लागि महानगरपालिकाबाट आबश्यक बजेटको ब्यबस्था गर्ने पनि बताउनु भयो ।

    यहाँ रहेका कैदी बन्दीलाई आयआर्जनमा थप टेवा पुर्‍याउने गरि काम गर्न सकिनुको साथै उनिहरुलाई खाली समयको सदुपयोग गर्न सिपमूलक तालिमहरूको ब्यबस्थापन गर्न सकिने उहाँको तर्क छ । यसका साथै कारागारको भौतिक अवस्था, खानेपानी, स्वास्थ्य, सरसफाई र कैदीबन्दिको सीपमुलक तालिम लगाएत अन्य बिषयहरुको बारेमा उप प्रमुखले चाँसो र चिन्ता राख्नु भएको छ । अनुगमनमा जानु भएका उप प्रमुख सगको भेटमा जेलर कमल प्रसाद आचार्यले कारागारको अवस्था दिन प्रती दिन दयनीय बन्दै गएको बताउनु भयो ।

    कारागारको अवस्था निकै दयनीय छ, स्थानीय सरकारले यसको चासो लिएर पहल गर्दिनका लागि उप प्रमुख समक्ष मेरो अनुरोध छ आचार्यले भन्नू भयो । जम्मा ३ सय ४० जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७ सय ५४ जना कैदी बन्दिहरु रहेका छन् । केहि दिन अघि सम्म ८ सय १० जना कैदी बन्दि रहेको उक्त कारागारबाट ४८ जनालाइ भिमफेदी कारागारमा स्थानान्तरण गरेपछि कैदी बन्दिहरुको सख्या घटेर ७ सय ५४ मा झरेको हो ।

    कारागारमा हाल सात सय १ जना पुरुष,४८ महिला, एक जना नावालक र ४ जना नावालिका गरि ७ सय ५४ जना रहेका छन् । जिल्ला कारागार भरतपुरमा हाल गैडाको खाग बिक्री मुद्दामा ५६ जना,कर्तव्य ज्यान मुद्दामा ८३ जना,लागु औषध मुद्दामा १७४ जना,डाका मुद्दामा ३८ जना,ज्यान मार्ने उद्योगमा १७ जना,जिउ मास्ने बेच्ने मानव बेचबिखन मुद्दामा १० जना रहेका छन् । त्यस्तै अपहरण तथा शारीरिक बन्धक मुद्दामा ५ जना,चोरी मुद्दामा ७१ जना,सार्वजनिक अपराधमा ८ जना,हातहतियार तथा खरखजनामा ५ जना,काठ चोरीमा २ जना,बाघ सम्बन्धि मुद्दामा १ जना,वन्यजन्तु चोरी शिकारी मुद्दामा पनि १ जना रहेका छन् ।

    त्यसैगरी ठगी मुद्दामा २६ जना,गौबधमा १ जना,खोटाचलान मुद्दामा ४ जना,बहुबिबाह मुद्दामा ६ जना,सवारी ज्यान मुद्दामा ५६ जना,आत्महत्या दुरुत्साहनमा ८ जना र जवरजस्ती करणी मुद्दामा १७७ जना रहेको जिल्ला कारागार भरतपुरले जनाएको छ । यसरी हेर्दा सबै भन्दा बढी जवरजस्ती करणी मुद्दामा १७७ जना र लागु औषध मुद्दामा १७४ जना रहेका छन् भने सबैभन्दा कम बाघ सम्बन्धि मुद्दामा १ जना,वन्यजन्तु चोरी शिकारी मुद्दामा १ जना र गौवध मुद्दामा १ जना रहेका छन ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.