चितवन । निकुञ्जबाट वस्ति पसेर जनतालाई त्रसित वनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्शा राष्ट्रिय निकुञ्ज पठाईएको छ । पश्चिम चितवनको मेघोली क्षेत्रका जनतालाई त्रसीत वनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएको बाघलाई शुक्रबार पर्शा राष्ट्रिय निकुश्ञ्ज खोरमा राख्नका लागि पठाईएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बस्ति नजीक आएर जनतालाई त्रसित वनाउने, घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको सो बाघलाई भरतपुर महानगरपालिका वडा नम्बर २७ बाट नियन्त्रणमा लिईएको हो । बाघलाई नियन्त्रणमा लिए संगै केही दिनु निकुञ्जको मुख्यालय कसरामा राखिएको भए पनि यहाँ राख्ने खोरको आभावका कारण पर्शा पठाईएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “बाघ राख्नका लागि हामी संग खोरको अभाव भयो । त्यस पछि खोरमानै राख्नका लागि हामीले पर्शा राष्ट्रिय निकुञ्ज पठाएका छौ ।”अन्दाजी १० वर्षको सो बाघलाई डार्ट गरी नियन्त्रणमा लिईएको थियो । निकुञ्जमा बाघ राख्न वनाईएका खोरहरु भरिएका छन् । मुख्यालय कसरामा रहेको खोरमा ३ वटा र सौराहामा रहेको खोरमा २ वटा बाघ रहेका छन् बाघ राख्नका लागि वनाईएको एउटा काठको खोर जीर्ण अबस्थामा रहेको छ । त्यसको मर्मत नहुँदा उक्त बाघलाई पर्शा पठाईएको हो ।
यहाँका खोरहरु बिगत एक वर्ष भरिएका छन् । घाईते, समस्या ग्रस्त तथा मानिसलाई आक्रमण गर्ने बाघहरु नियन्त्रणमा लिएर राख्ने गरिन्छ । घाईते बाघहरुलाई उपचार पश्च्यात उसको अबस्था हेरेर सेटेलाई जडान गरी निकुञ्जमा छाड्ने गरिएको तिवारीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा खोर भोरीय संगै एउटा बाघलाई नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्ज खोरमा राख्नका लागि पठाईएको थियो ।








