• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ८. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ९. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • १०. हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

बान्जाई एजुकेशनमा निःशुल्क जापानीज भाषा पढाइँदै

  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जापान जाने विद्यार्थीहरुलाई लक्षित गर्दै नारायणगढको पुलचोकमा बान्जाई एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । अध्ययनका लागि जापान जाने विद्यार्थी बढेसँगै उनीहरुलाई गुणस्तरीय शिक्षासँगै जापानको सांस्कृतिक, कानुनी विषयमा व्यवहारिक ज्ञान दिँदै गुणस्तरीय जापानिज भाषा अध्यापन गराउन बान्जाई सञ्चालनमा आएको हो । दुई हप्ता अघिदेखि भाषा अध्यापन गराउँदै आएको बान्जाईको आज बिहान भरतपुर–३ का वडाध्यक्ष विकास थापाले उद्घाटन गर्नुभयो ।

    बान्जाईको उद्घाटनका क्रममा थापाले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर त्यहाँको सांस्कृतिक र भौगालिक विषयबारे जानकारी गराउँदै वैदेशिक अध्ययनमा पठाउनुपर्ने बताउनुभयो । पढ्न जाने व्यक्ति राम्रोसँग भाषा अध्ययन गरेर जानुपर्ने भन्दै वडाध्यक्ष थापाले काम गर्न जाने व्यक्ति भाषासँगै सीप सिकेर जानुपर्ने बताउनुभयो । सीप र भाषा दुवै जानेर वैदेशिक अध्ययन तथा रोजगारमा जाँदा काम गर्न सहज हुनुका साथै राम्रो आम्दानी हुने थापाको भनाइ थियो ।

    जापानमा भाषा अध्ययन गरेर लामो समय बसेका दुई जना व्यक्तिले बान्जाई सञ्चालन गरेका हुन् । उद्घाटनका क्रममा बान्जाईका प्रबन्ध निर्देशक ऋषि कँडेलले आफू जापानमा भाषा अध्ययन गर्न गएर त्यहाँ ६ वर्ष बस्दा सिकेको व्यवहारिक तथा कानुनी विषयमा विद्यार्थीहरुलाई अध्ययन गराइने बताउनुभयो । “विद्यार्थीहरुको महत्वपूर्ण गन्तव्य जापान बनेको छ” उहाँले भन्नुभयो, “हामीले जापानीज भाषा पढाउनुका साथै जापान जाँदा र गएपछि त्यहाँ गर्नुपर्ने र गर्न नहुने कामका बारेमा विद्यार्थीलाई राम्रोसँग सिकाएर पठाउँछौँ ।”

    पछिल्लो समय विद्यार्थीहरुलाई प्रलोभनमा पारेर ठगी गर्ने प्रवृत्ति बढेको भन्दै यसप्रति सचेत भएर आफूहरुले बान्जाई सञ्चालनमा ल्याएको कँडेलको भनाइ छ । अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बान्जाईमा निःशुल्क रुपमा अडियो, भिडियोको माध्यमबाट भाषा अध्ययन गराइने उल्लेख गर्दै कँडेले विद्यार्थीलाई पुस्तकसमेत निःशुल्क उपलब्ध गराइने बताउनुभयो । “बान्जाईको ओपनिङका अवसरमा जापान अध्ययन जान चाहने विद्यार्थीलाई सेवा शुल्कमा २० प्रतिशतसम्म छुट प्रदान गरेका छौँ” उहाँले भन्नुभयो, “टाढाबाट आउने विद्यार्थीहरुका लागि सधैँ विशेष छुट प्रदान गर्नेछौँ ।” भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई साप्ताहिक रुपमा परीक्षा लिँदै उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेसमेत उहाँको भनाइ छ ।

    एउटा कक्षामा बढीमा १८ जना विद्यार्थी राखेर भाषा कक्षा अध्ययन गराइने भन्दै कँडेलले एउटा कक्षा दुई घण्टाको हुने जानकारी दिनुभयो । कार्यक्रममा बान्जाईका प्रमुख कार्यकारी अधिकृत (सिईओ) उन्नति भुसालले आफू विसं २०५९ मा जापान गएर १० वर्ष अध्ययन गरेर फर्किएपछि शैक्षिक बान्जाई सञ्चालनमा ल्याएको बताउनुभयो । भुसालले जापान बस्दा अध्ययन गरेका विषयवस्तुसहित त्यहाँका कानुनी तथा सांस्कृतिक विषय समेटेर पुस्तक प्रकाशित गर्नुभएको छ ।

    “जापान जान चाहने विद्यार्थीलाई आवश्यक पर्ने भाषासम्बन्धी सबै ज्ञान पुस्तकमा समावेश गरेको छु” उहाँले भन्नुभयो, “हामीले सिधै जापानका स्कुलसँग सहकार्य गरेर विद्यार्थी भिषामा यहाँबाट विद्यार्थीहरु पठाउँछौँ ।” जापान अध्ययन गर्न जानका लागि कम्तीमा पनि कक्षा १२ उत्तीर्ण भएको हुनुपर्ने भन्दै उहाँले अध्ययन ग्याप आठ वर्षसम्म हुनेलाई जापान पठाउन सकिने बताउनुभयो । “जापान जानका लागि भाषा महत्वपूर्ण हो, भाषामा निपूर्ण भएपछि एजुकेशन ग्यापलाई त हामी मिलाएर पठाउँछौँ” उहाँले भन्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष शिरिष पन्तसहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.