भरतपुर । सिर्जनशील समाज नेपालको आयोजनामा मंगलबार भरतपुरमा ‘संस्कार र सफलता जीवनको आधार’ विषयक परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सरस्वती रिजाल, गायत्री श्रेष्ठ, ममता शर्मा न्यौपाने र ब्रह्मकुमारी गंगाले संस्कार र सफलताबारे आफ्ना विचार र अनुभव राखेका थिए । उनीहरु चारै जनाले आ–आफ्नो बाल्यकाल र शिक्षाबारे पनि बोलेका थिए ।
आयोजक संस्थाका अध्यक्ष विनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आचार्य लक्ष्मण भण्डारीले टिप्पणी गरेका थिए । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव निर्मला पण्डितले गरेकी थिइन् ।








