• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ८. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ९. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • १०. हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

इक्यानको केन्द्रीय उपाध्यक्षमा चितवनका वाइबी पौडेलको उम्मेदवारी घोषणा

  •   बुधबार, असार २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। नेपालको सफल शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रिय उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । यही असार ३० गते काठमाडौंमा हुने इक्यानको केन्द्रिय अधिवेशनमा पौडेल उपाध्यक्षको उम्मेदवार बन्ने भएका हुन् ।

    उनले उपाध्यक्षका लागि औपचारिक रुपमा समाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका छन् । विगत २० वर्षदेखि निरन्तर शैक्षिक परामर्श व्यवसाय मार्फत विद्यार्थीलाई विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि सेवा दिँदै आएका सफल व्यवसायी पौडेल सामाजिक र खेलकुद क्षेत्रमा समेत सक्रिय छन् । युवा जोश र जाँगरले भरिपूर्ण पौडेल गफ भन्दा कर्ममा विश्वास राख्ने स्थापित परामर्शदाता व्यवसायी हुन् । उनको शैक्षिक संस्था सेन्ट्रल कलेजले नारायणगढको शहिदचोक प्रेसमार्गस्थित केन्द्रीय कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।

    कलेजले जापान र कोरियामा पनि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ भने देशका विभिन्न शहरहरुमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उनि इक्यानको पूर्व केन्द्रिय सदस्य समेत भएर काम गरिसकेका छन् । पौडेल यसपटक स्वतन्त्र रुपमा केन्द्रीय उपाध्यक्षको उम्मेदवार बन्न लागेका हुन् । उनि यसअघि केन्द्रीय सदस्यमा पनि अत्याधिक मतले विजयी भएका थिए । इक्यानमा मतदान मार्फत केन्द्रिय सदस्यमा निर्वाचित हुने चितवनबाट पहिलो र एकमात्र व्याक्ति हुन् पौडेल ।

    इक्यानको सहयोगी तथा सल्लाहकारको रुपमा उनले अहिलेपनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनि विभागिय सदस्य हुँदै इक्यानको वोर्डमा प्रवेश गरेका थिए । शैक्षिक परामर्श व्यवसायीविच लोकप्रिय उनले यसपटक पनि आफ्नो जीत सुनिश्चित भएको बताए । उम्मेदवारी घोषणा गर्दै पौडेलले नेपालमा शैक्षिक वातावरण सुधारका लागि इक्यानले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको स्पष्ट पारे ।

    उनले शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान र यो व्यवसायलाई मर्यादित बनाउनका लागि उम्मेदवारी दिएको बताए । उनले भने, “म साझा हितका लागि स्वतन्त्र उम्मेदवार बनेको हुँ, साथ र सहयोगका लागि देशभरका सम्पूर्ण व्यवसायीलाई अपिल गर्दछु ।” व्यवसायिक संस्थामा पार्टी, गुट उपगुट र समूहको प्रभाव हुनु हुँदैन भन्दै उनले यस्तो प्रवृत्तिको विरोध गर्दै आएको बताए । इक्यानमा अहिलेसम्म हुँदै आएको यस्तो प्रवृत्तीको ब्रेक यसपटकको अधिवेशन मार्फत हुने उनको भनाई छ ।

    अहिलेसम्म काठमाडौ बाहिरका व्यवसायीलाई इक्यानमा खासै महत्व नदिएको भन्दै उनले मोफसलका व्यवसायीलाई स्थापित गराउनका लागि आफूले उम्मेदवारी दिएको बताए । उनले भने,“उच्च शिक्षा अध्ययनका लागि जापान पठाउने व्यवसायीलाई इक्यानमा वलियो उपस्थितिका लागि पनि आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको बताए । “देशभर जापानमा काम गर्ने शैक्षिक परामर्शदाता संस्थालाई काम सिकाउने, कलेज स्कूल युनिभर्सिटी चिनाउनुका साथै एजेन्सी दिलाएर उनिहरुलाई व्यवसायमा स्थापित गर्न मेरो भूमिका रहनेछ”, पौडेलले भनेका छन् ।

    आफ्नो विजय पश्चात जापान लगायत सबै देशमा उच्च शिक्षाका लागि विद्यार्थी पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुको एकरुपता ल्याउने उनको भनाई छ । शैक्षिक परामर्श व्यवसायिको हक हित र अधिकारीका लागि आफुले निरन्तर काम गर्ने पौडेलको प्रतिबद्धता छ । पौडेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, खेलकुद क्षेत्र र मिडियामा समेत आबद्ध छन् । उनले स्कूल कलेज लगायतका शैक्षिक क्षेत्रमा समेत विभिन्न तह र तप्कामा रहेर काम गरेका छन् । उनि अग्रेजी भाषा तथा आइएलटिएसका योग्य र अनुभबी प्रशिक्षकका रुपमा चिनिन्छन् । पौडेल कुनैपनि कन्सलटेन्सी चालाउन आवश्यक पर्ने काउन्सेलिङ (टिआइटिआइ) ट्रेनिङका प्रशिक्षक समेत रहेका छन् ।

    विभिन्न देशको भिजिट गरेर अनुभव संगालेका उनले सबैलाई समन्वय गरेर काम गर्ने क्षमता राख्छन् । शिक्षा, खेलकुद, मनोरन्जन लगायतका सामाजिक गतिविधिमा महत्वपूर्ण योगदान दिएका पौडेलले जापान काम गर्ने परामर्शदाता संस्था र उपत्यका बाहिरका व्यवसायीहरुको उल्लेख्य भोट पाउने आकलन गरिएको छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.