चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सबै नागरिकलाई स्वास्थ्यसेवा पुर्याउन आफु लागि परेको बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं.२ र भरतपुर ११ मा सञ्चालन भएको स्वास्थ शिविरमा जनताले स्वास्थ्य सेवा सहज रूपलृ पाउनका लागि प्रदेश सरकार लागि परेको बताउनुभयो ।
भरतपुर आँपटारीमा रहेको जल देवी सामुदायिक बनको परिसरमा स्वास्थ्य शिबिर संचालन गरिएको हो । शिबिरमा जनरल फिजिसियन २४१ जना , बाल रोग २६ जना, हड्डी तथा नसा रोग १२६ जना, दांत तथा मुख रोग ९८ जना, रगत जांच १४१जना गरी ६२२ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा पाएका छन् ।
शिविरमा आबश्यक औषधि तथा प्रयोगशालाको ब्यबस्थापन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशी र प्राबिधिक टिमको व्यवस्थापन सारथि चितवनका संयोजक डाक्टर बासु राज पाण्डेले रहेको थियो । दरबार टोल बिकास संस्था र सारथी नेपाल को संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविर दरबार टोल बिकास संस्थाका अध्यक्ष ओम सुनुवार ले गर्नु भएको थियो भने प्रमुख अथिति बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशी रहनु भयको थियो ।
उक्त कार्यक्रममा भुमि आयोग चितवनका अध्यक्ष बद्रि तिमिल्सिना वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, जल देवी सामुदायिक बन का अध्यक्ष माधव देवकोटा, समाजसेबी निलकण्ठ रिजालले आफ्नो भनाई राख्नु भएको थियो। उक्त शिबिर कार्यक्रममा परिबर्तन आमा समुह, सयपत्री महिला समुह, इन्द्रेणी टोल विकास संस्था, इन्द्रेणी सक्षम महिला समूह, श्रमिक नेपाल, नेपाल फार्मेसी संघ र दरबार युथ क्लबको सभागिता रहेको थियो ।









