चितवन । कारागार कार्यालय चितवनमा रहेका १७ जना कैदीहरुले आम माफी पाएका छन् । बिभिन्न आरोपमा जेल जीवन बिताई रहेका मध्ये उनीहरुे आम माफी पाएका हुन् । आम माफी पाउनेमा सवारी ज्यान मुद्धाका १२ जना, कर्तव्य ज्यानका २ जना, ज्यान मास्ने उद्योगका १ जना आत्महत्या दुरुत्साहनका १ जना र चोरी मुद्धाका १ जनाले संबिधान दिवसको असरमा राष्ट्रपतिद्वारा आम माफि पाएका हुन । हरक वर्ष बिभिन्न अबसर पारेर कैद जीवन बिताउँदा आचरण राम्रो भएका र ५० प्रतिशत कैद सजाय भोगेकाहरुलाई माफि दिने परम्परा रहेको छ । कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार आज शनिबार भएकोले कागजी प्रकृया पुरा गरि उनीहरुलाई भोली छाडीने छ ।








