• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै

  •   आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमको १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम हुने भएको छ । २०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गर्दै छ । पूर्व मन्त्री एंव कालिका गु्रपका अध्यक्ष विक्रम पाण्डेले आज(आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षका वार्षिकोत्सवका कार्यक्रम सूचना प्रविधिको भरपुर उपयोग गर्दै अनलाइनका माध्यमबाट गर्न लागिएको जानकारी दिनुभयो । कोरोना भाइरसका कारण सिर्जित परिस्थितिले कार्यक्रम भर्चुअल रुपमा गर्न लागिएको हो । असहज परिस्थितिमा समेत सूचना, समाचार र मनोरेञ्जनको क्षेत्रमा कालिकाको निरन्तरताप्रति सबैको सहयोग र हौसलाप्रति आभारी रहेको बताउनुभयो । कोभिड–१९ संक्रमण नेपालमा तीव्ररुपमा फैलिरहदा समेत आफ्नो कर्ममा डटेर अग्रपंक्तिमा रही काम गर्ने सबै सञ्चारकर्मीलाई उच्च सम्मान व्यक्त गर्नुभएको छ । स्थापनाकालदेखिनै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ । विगतका केही कार्यक्रम आगामी वार्षिकोत्सवदेखि निरन्तरता दिने गरी यो वर्ष केही पृथक कार्यक्रम भर्चुअलबाट गरिने भएको हो । यसपाली १२ वटा विविध कार्यक्रम हुदैछन् । असोज ८ देवघाटस्थित वृद्धाश्रममा रहेका जेष्ठनागरिकलाई खाना खुवाउँदै आर्शिवाद लिएर वार्षिकोत्सवका कार्यक्रम सुरु हुनेछन् । असोज ८ देखि २५ गतेसम्म फोन, भाइबर कलबाट कालिकाको चौतारीमा कलाकार, श्रोता र दर्शक कार्यक्रम सञ्चालन हुनेछ । ९ गते ‘कृषिमा आधुनिकरण र अवसर’, १० गते अपांगता भएका व्यक्तिबीचको वादविवाद प्रतियोगिता, १२ गते वर्तमान अवस्थामा शिक्षा क्षेत्रका चुनौती, समस्या र समाधान विषयक अन्र्तक्रिया, १४ गते बढ्दै गएको एसिड आक्रमण र सरोकारवालाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम सूचना प्रविधिको प्रयोग गरी चलाइने छ । एसिड आक्रमण रोकथामका लागि आएका सुझाव र छलफलको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश गरिने कालिका मिडियाका निर्देशक दिपक पौडेलले जानकारी दिनुभयोे । १६ गते कालिकासँगका यादहरु, १७ गते अन्र्तराष्ट्रिय साहित्यिक सम्मेलन, १९ गते कोभिड–१९ र स्वास्थ्यकर्मीको अनुभव तथा बृहत अन्र्तक्रिया, २१ गते अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, २४ गते लोकगीत गायन प्रतियोगिता हुने जनाइएको छ । असोज २६ गते वार्षिकोत्सव समापन कार्यक्रम हुनेछ । प्रतियोगिताका विजेतालाई वार्षिकोत्सव समापनका दिनमा पुरस्कृत गरिनेछ । निर्देशक पौडेलले कालिका मिडिया सदैव श्रोता, दर्शक निकट रहने बताउनुभयो । राष्ट्रिय पञ्चैबाजा तथा गन्धर्व बाजा प्रतियोगिता, राष्ट्रिय लाकदोहोरी महोत्सव, कालिका म्युजिक अवार्ड लगायतका विगतका वार्षिकोत्सवमा गरिदै आएका कार्यक्रमलाई सहज परिस्थिति सृजना भएपछि निरन्तरता दिइने बताउनुभयो । कालिका मिडिया अन्र्तगत कालिका एफएम २०५९ देखि, सांगितिक रेडियो कालिका ९१ / २०६४ देखि र कालिका एचडी टेलिभिजन २०७१ सालदेखि, सुरुवातदेखिनै कालिका न्यूज डटकम सञ्चालनमा छन् । जनचासो, जनसरोकारका सवालमा कालिका मिडियाले सदैव प्रतिवद्ध रहदै कार्यक्रम प्रशारण गर्दै आइरहेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.