चितवन । चितवनमा हात्ती पाल्नेहरुको व्यथा अहिले हात्ती आयो हात्ती आयो फूस्सा झै भएको छ । बल्ल तल्ल ऋण गरेर हात्ती जोडजाम गरेपनि उल्टै ऋणमा डुब्दा सौराहाका हात्ती पालकहरुकालागि यो वर्ष हात्ती त आयो तर परिणामचाहि फुस्सा झै भएको छ । यहीँबाट दैनिक पर्यटक हात्ती चढेर एक सिँङ्गे गैंडा, बाघ सहितका वन्यजन्तु र प्राकृतिक मनोरमको मज्जा लिइरहेका हुन्थे तर अहिले हात्ती चढ्न वनाइएको मचान र प्रतिक्षालय सुनसान छ । गत चैत्र ९ गतेदेखि हात्ती चढ्ने कार्य ठप्प छ । हात्ती पाल्ने कम्पनीका कर्मचारी राजु आचार्यलाई चैत्र ९ अघिका दिनहरु सम्झदा अझै पनि रोचक र आनन्द लाग्छ । खचाखच पर्यटक, हात्तीलाई भ्याईनभ्याई हुन्थ्यो तर अहिले भएको एउटा हात्ती पाल्न पनि समस्या भइरहेको छ । महिनाको ६० देखि ६५ हजार खर्च हुन्छ भने विरामी परेको अवस्थामा १ लाख सम्म खर्च भएको रेकर्ड छ । विना आम्दानी यति धेरै खर्च धान्नु पर्दा समस्या भएको उहाँ बताउहुनुछ । कमल चौधरी २ वर्षदेखि माउते काम गर्नुहुन्छ । पर्यटकलाई पछाडी राखेर चितवन राष्ट्रिय निकुञ्ज घुमाएको यादलाई सम्झदै अहिले हात्तीलाई खुवाउने कुची बनाउनैमा उहाँको दैनिकी बनेको छ । राम बहादुर कुमाल पनि लामो समय माउतेको काम गरिरहनुभएको छ ।
तर कहिल्यै पनि विना आम्दानी यसरी हात्तीलाई खुवाउदै वाँध्दै राख्नुपर्छ भन्ने कल्पना सम्म गर्नुपरेको थिएन तर अहिले विहान उठ्ने घाँस काट्ने र हात्तीलाई खुवाएर दिन वित्ने गरेको छ । हात्तीलाई कसरी बचाउने भन्ने चिन्ता त छ नै यसले आम्दानीमा ठुलो असर पारेको छ । पर्यटकले दिने टिप्सले राम्रो आम्दानी हुने माउतेहरु अहिले तलवमा मात्रै सीमित रहेर परिवार पाल्नुपरेको छ । युनाइटेड हात्ती सहकारी संस्थाका व्यवस्थापक विनोद तिमिल्सेनाले लकडाउन अघि ५० वटा हात्ती रहेपनि अहिले घटेर ४० जति रहेको बताउनुहुन्छ । आम्दानी हुनै छाडेपछि हात्ती विक्रि गर्ने र भाडामा ल्याएकालाई फिर्ता गरेका छन् । हात्ती मरिहाल्यो भने त्यसको दाह्रा र काम लाग्ने महत्वपूर्ण बस्तु सरकारल लैजान्छ । तर अहिले संकटमा सरकारले हात्ती बचाइराख्न कुनै पनि सहयोगी कार्यक्रम ल्याएको छैन । हात्तीलाई भारी वोकाउन हुन्न भन्ने अधिकारकर्मीहरु पनि अहिले हात्ती भोकै पर्न लाग्दासम्म चुइक्क बोलेका छैनन भने सहयोग गर्ने त परका कुरा ।
सौराहाका हात्ती व्यवसायीलाई मासिक ६५ हजार घाटा
सौराहाका हात्ती व्यवसायीलाई मासिक ६५ हजार घाटा
- अ
- अ
- अ








