• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

प्राङ्गारिक खेती अभियानमा छवि न्यौपाने

  •   आइतबार, साउन १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोड्नुभएको हो । न्यौपानेले भरतपुर–२५ मा नौ बिघा र वडा नं २८ मा सात बिघा जमिनमा प्राङ्गारिक तरकारी र खाद्यान्न उत्पादन गर्दै आउनुभएको छ । उहाँले प्राङ्गारिक मल र विषादी आफैँले बनाएर प्रयोग गर्ने गर्नुभएको छ । मौसमअनुसारको तरकारीसँगै उहाँले खाद्यान्नबाली धान, गहुँ, मकै, तोरी लगाउने गर्नुभएको छ ।

    उहाँले गोठे मल, कम्पोष्ट मल, जीवामृत, पञ्चामृत, वेष्ट डिकम्पोजर, निमास्त्रजस्ता मल र विषादी आफँैले उत्पादन गर्दै आएको बताउनुभयो । विसं २०७४ देखि तरकारीखेती सुरु गर्नुभएका उहाँ त्यसको दुई वर्षपछि पूर्णरुपमा प्राङ्गारिक खेतीतर्फ लाग्नुभएको हो । उहाँका अनुसार वस्तुको आलो गोबर र पिसाबबाट जीवामृत बनाउने गरिन्छ । त्यसमा दालको पिठो, भेली, अक्सिजन दिने रुख मुनिको माटो मिसाएर जीवामृत बनाइन्छ । यसले माटोलाई मलका रुपमा परिणत गर्दछ । मौसमअनुसार १५ देखि २२ दिनसम्म राखेपछि यो तयार हुन्छ ।

    यसलाई भाडोमा राखेर ‘स्प्रे’ गरिन्छ । उहाँले धनजीवामृत बनाएर मलको काम गराउँदै आउनुभएको छ । यसमा जीवामृतमा प्रयोग हुने सामग्रीमा पिना र उखुको छोक्रा मिलाएर ४५ दिन राखेपछि तयार हुन्छ । यसले मलको काम गर्दछ । बोटको डाँठ र जरालाई बलियो बनाउन पञ्चामृत उहाँ आफँैले बनाउनुहुन्छ । यसले धेरैभन्दा धेरै फूल फुलाउने, फूल र बतिला झर्नबाट जोगाउने गर्दछ । एउटा भाँडोमा आलो गोबर घिउ मिसाएर चार पाँच दिन राख्ने गरिन्छ । यसैगरी अर्काे भाडामा दूध, दही, केरा, भेली, हरियो नरिवलको पानी, बजारको केमिकल युक्त दाना नखाएको गाईको पिसाब, घोलेर चार पाँच दिन राखिन्छ ।

    दुवैलाई मिसाएर ड्रममा बिर्काे लगाएर २०–२२ दिन राख्नुपर्ने उहाँ बताउनुहुन्छ । दैनिकरुपमा यसलाई चलाउनुपर्छ । यसले पोषणको काम गर्दछ । ‘वेष्ट डिकम्पोजर’ उहाँले बनाउने गर्नुभएको छ । यसको मुख्य बीउ भारतबाट आउँछ । त्यो गाईको पिसावबाट बनेको हुन्छ । त्यसमा भेली र पानी हालेर राखेर बनाउनुपर्छ । दुई सय लिटर पानीको ट्याङ्कीमा यो झोल १० लिटर र दुई किलो भेली मिसाएर बढीमा १० दिनमा तयार गरिन्छ । न्यौपानेले यसले बालीको जरालाई स्वस्थ बनाउने र हानिकारक किटाणुसँग लड्न सहयोग पु¥याउने बताउनुभयो ।

    किरा नियन्त्रणका लागि उहाँले निमास्त्र बनाउने गर्नुभएको छ । निमको पात, तितेपाती, सीताफलको पात, गाईको शुद्ध पिसाब मिसाएर एक महिना राखेपछि छानेर यसमा पानी थपेर बालीमा प्रयोग गरिन्छ । ढुसीका लागि आँकको पात, गाईको पिसाब बाक्लो हुने गरी पकाउने, अर्काे भाँडामा मेवाको पात र पिसाब पनि बाक्लो हुने गरी पकाउने तथा सेलाएपछि दुवै मिसाउने गरिन्छ । यसमा घरको शुद्ध बेसार, पिरो खुर्सानीको लेदोसमेत मिसाएर एक हप्ता राख्ने गर्नुपर्छ । एक हप्तापछि लसुनको लेदो बनाएर मिसाउनु पर्छ ।

    यसलाई ड्रममा राखेर १५ देखि २० दिनसम्म दैनिक घोलेपछि यो तयार हुन्छ । दुई सय ५० मिलिलिटर यो झोल १६ लिटर पानीमा मिसाएर छरेपछि ढुसी नियन्त्रण हुने न्यौपाने बताउनुहुन्छ । यसरी आफैँले विभिन्न मल र औषधि तयार गरेर तरकारी तथा खाद्यान्न उत्पादन गर्दै गर्दा वर्षमा रु ३० लाख हाराहारीको बिक्री गर्न सकेको उहाँ बताउनुहुन्छ । उहाँले जग्गाको अवस्था हेरेर प्रतिकट्ठा एक वर्षको रु एक हजार दुई सयदेखि रु चार हजारसम्म तिर्ने गरी भाडामा लिएर खेती गर्दै आउनुभएको छ । प्राङ्गारिक खेती भएकाले अन्यको तुलनामा २० प्रतिशत हाराहारी बढी मूल्यमा उहाँले तरकारी तथा खाद्यान्न बिक्री गर्नुहुन्छ ।

    यहाँको उत्पादन बागलुङ, पोखरा र काठमाडौँ जाने गरेको छ । उहाँले मकैको च्याख्ला बनाएर बिक्री गर्दै आउनुभएको छ । आफ्नो वडालाई कम्तीमा ‘विष पकाउन छोड’ भन्ने अभियान उहाँले सुरु गर्नुभएको छ । स्थानीय २१ घरधुरीलाई रोजगारी दिलाउँदै आउनुभएका न्यौपाने प्राङ्गारिक उत्पादनको महत्व अझै बुझाउन नसकेको बताउनुहुन्छ ।

    रासायनिक मल र विषादी प्रयोग गरेको तुलनामा सस्तोमा आफूले उत्पादन गर्न सकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मलाई महँगोमा बेच्नै पर्दैन, किनभने मेरो उत्पादन लागत नै सस्तो छ ।” आफैँले मल र औषधि उत्पादन गर्ने भएकाले कम खर्चमा उत्पादन धेरै गर्न सकेको उहाँको भनाइ छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.