• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना

  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गलकोट । लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना गरिएको छ । सङ्ग्रहालयले स्थापना गरेको औषधालयको आज एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो ।

    अध्यक्ष ढकालले नेपालमा आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि पञ्चकोट एवं श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा निर्माण गरिएको संरचनाको प्रशंसा गर्दै यिनै संरचनालाई संरक्षण र संवर्द्धन गरी आफ्ना सन्ततिसमक्ष पुर्याउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो । मुक्तिनाथ पिठाधिश्वर कमलयनयन आचार्यको कल्पनामा तयार भएको सर्वसिद्धिधाम पञ्चकोटको संरचना निर्माणका लागि आर्थिक सहयोग गर्नुभएका अध्यक्ष ढकालले आफ्नो जन्मस्थल, परम्परा, संस्कृति र वैधिक सनातन धर्मको संरक्षण एवं संवर्द्धनमा लागिरहने बताउनुभयो ।

    श्रीधराचार्य शालग्राम सङ्ग्रहालय पछिल्लो समय पञ्चकोट, गलेश्वर तथा मुक्तिनाथ जाने हिन्दू धर्मावलम्बीको सङ्गमस्थलका रूपमा विकास भइरहेको छ । मुक्तिनाथ वेदविद्याश्रामसमेत सञ्चालनमा रहेको सोही स्थानमा स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले औषधालय स्थापना गरिएको स्वामी कमलनयन आचार्यले बताउनभुयो । श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले कोरोनाकालमा औषधोउपचार अभाव भएपछि कल्पना गरिएको औषधालय स्थापना आज पूरा भएको बताउनुभयो ।

    “कोरोनाकालमा बजार प्रवेश निषेध थियो, गाउँमा सबै बिरामी भएपछि यहाँ एउटा स्वास्थ्योपचार गर्ने स्थान आवश्यक छ भन्ने लाग्यो”, प्रपनाचार्यले भन्नुभयो, “कमलनयन गुरुको अनुरोध र सबैको सहयोगमा स्वास्थ्यचौकीमा उपलब्ध सेवा यहाँबाट प्रदान गर्न थालेका छौँ ।” मन्दिरमा आएको भेटी, शालग्राम सङ¬्ग्रहालय दर्शन गर्न आएका दर्शनार्थीले गरेको सहयोगबाट औषधालय सञ्चालनमा ल्याइएको छ । मुक्तिनाथ पिठाधिस्वर कमलनयन आचार्यले पञ्चकोट, शालग्राम सङ्ग्रहालय, गलेश्वर र मुक्तिनाथलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विश्वमै चिनाउने अभियानमा आफू लागेको बताउँदै औषधालयलाई अस्पतालका रूपमा विकास गर्ने परिकल्पना गरेको बताउनुभयो ।

    कार्यक्रममा मुक्तिनाथ वेदविद्याश्रममा योगदान गर्नुभएका पुरुषोत्तम आचार्यलाई अभिनन्दन गरिएको थियो । महासङ्घका अध्यक्ष ढकालले भूमिगतरूपमा निर्माण गरिएको शालग्राम सङ्ग्रहालयको निरीक्षण गरी त्यहाँ राखिएको गण्डक क्षेत्रको धार्मिक अवस्थासमेत समेटिएको भूमिगत सङ्ग्रहालयको अवलोकन गर्नुभएको थियो । विश्वकै एकमात्रै कालीगण्डकी नदीमा पाइने शालग्राम सङ्ग्रहालय लोप हुँदै गएपछि विसं २०७६ मा श्रीधराचार्यको सङ्ग्रहालय निर्माण गरेर सवा लाख शालग्राम राखिएको छ । श्रीधराचार्यको ८४औँ जन्मजयन्तीका अवसरमा उहाँकै नाममा औषधालय स्थापना गरिएको हो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.