• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

राप्रपाको महाधिवेशन आउँदो बैशाखमा

  •   मङ्गलबार, असोज ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिन्ह्मा सम्झौता गर्नुपरेको स्पष्ट पारेका  छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख २५–२८ मा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

    श्रेष्ठका अनुसार बैठकले राप्रपाको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले लामो समयदेखि विवादमा रहेको चुनाव चिन्ह पनि टुंग्याएको छ। नेता श्रेष्ठका अनुसार राप्रपाको झण्डामा गाई हुनेछ भने पार्टीको चुनाव चिन्ह हलो हुने बैठकले निर्णय गरेको छ ।

    राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच सोमबार पार्टीको चुनाव चिन्ह् हलो कायम गर्ने सहमति बनेको छ । शुरुमा राप्रपाको चुनाव चिन्ह् हलो नै भए पनि पछि विभाजित राप्रपा नेपालले गाईलाई चुनाव चिह्न बनाएको थियो ।

    हिन्दू राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिन्ह् गाई नै उपयुक्त हुने भए पनि अरु नेताले नमान्दा चिह्न छाड्नु परेको बताएका हुन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा थापाले लेखेका छन्, ‘हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनावचिन्ह हो । तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी–शुभचिन्तकहरुमा अपिल गर्दछु । अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं ।’

    त्यसअघि थापाले अर्का दुई अध्यक्षप्रति लक्षित गरी केही व्यक्तिको हठ र तूष्टीकरणका लागि चिनो त्याग्नु परेको पनि उल्लेख गरेका थिए । थापाले आफ्नो ट्वीटमा लेखेका छन्, ‘रगत पसिनाको धरातलमा गाँसिएको भावना र कायम गरिएको ‘चिनो’ तर्क र आधार विना केही व्यक्तिहरूको हठ तुष्टिकरण र प्रतिष्ठा राखिदिन परित्याग गर्नुपर्ने विवशताको पिडा स्वभावतः असहज हुन्छ ।’

    यसअघि सोमबार अध्यक्षत्रयले छ महिना पहिले एकता भएको राप्रपाको चुनाव चिन्ह् हलो राख्न सैद्धान्तिक सहमति गरेका थिए ।

    त्यसअघि राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको छुट्टाछुट्टै बैठक बसेको थियो । मंगलबार कार्यसम्पादन समितिको संयुक्त बैठक बस्नेछ । र दल दर्ताको निर्णय गर्नेछ । गाई साविक थापा नेतृत्वको राप्रपा तथा हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चुनाव चिह्न हो । राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र र साझा संस्थाको रुपमा राजसंस्था रहने व्यवस्था गर्ने जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.