मुग्लिन । मेची महाकाली बुहारी संयुक्त आवाजको चितवन जिल्ला सदस्यमा सृजनशील महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष सावित्री पुडासैनी मनोनित भएका छन्। पुडासैनीलाई संस्थाको चितवन जिल्ला सदस्यमा आज मनोनित गरेको हो। पुडासैनीको मनोनयनले संस्थाको गरिमालाई उच्च राख्न योगदान पुग्ने अपेक्षा लिएको संस्थाले जनाएको छ।








